Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • तपाईलाई पनि आयो कि ! विदेशका अपरिचित कल तथा मिस्डकलहरु !! सचेत रहनुहोस्

तपाईलाई पनि आयो कि ! विदेशका अपरिचित कल तथा मिस्डकलहरु !! सचेत रहनुहोस्

तपाईलाई पनि आयो कि ! विदेशका अपरिचित कल तथा मिस्डकलहरु !! सचेत रहनुहोस्

अपरिचित विदेशका नम्बरबाट ल्यान्डलाइन टेलिफोन तथा मोबाइलमा आउने फोन नउठाउन र मिसकल्डको रिप्लाई नगर्न अधिकारीहरुले आग्रह गरेका छन् । यस्ता प्रकारका कल तथा मिस्डकलहरुमा ठगीका आशयहरु हुनसक्ने भन्दै ग्रहाकहरुलाई नोक्सान नहोस् भनि सो आग्रह गरिएको जारी सुचनामा उल्लेख छ । दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि त्यस्ता कलहरू नउठाउन र कलब्याक नगर्न आग्रह गरेको हो । पछिल्लो समय टेलिफोन र मोबाइल नम्बरमा विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन तथा मिस्डकल आउने समस्या देखिएको छ । यसले प्रयोगकर्तालाई त्रसित बनाएको छ । प्राधिकरणले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित दूरसञ्चार सेवाप्रदायकहरूलाई यसको रोकथामका लागि तत्काल उपयुक्त उपायहरु अवलम्बन निर्देशन दिएको जनाएको छ । प्राधिकरणद्धारा आज जारी एक सूचनामा यस्ता कलको रेस्पोन्स नगरी सोझै प्राधिकरणमा खबर गर्न सबैमा अपिल समेत गरिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका