Samacharpati
आइतबार, मंसिर २९, २०७६
  • होमपेज
  • पोखरा प्रवेशको मुख्यद्वार विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति

पोखरा प्रवेशको मुख्यद्वार विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति

पोखरा प्रवेशको मुख्यद्वार विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति

कास्की, ६ साउन । गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ । आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पुर्याउँदा आज बिहानबाट ठूला यातायातका साधन अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले बताउनुभयो । शनिबार राति पनि डाइर्भसन बगाएपछि आइतबार दिउँसो पुनःनिर्माण गरेर यातायातका साधन सञ्चालनमा ल्याइएको थियो ।

नदीमा राखिएका ह्युम पाइप नबगाए पनि ह्युममाथिको ग्राभेल बगाउँदा क्षति पुर्याएको र नदीमा पानीको सहत नघटेसम्म मर्मतमा कठिनाइ भएको उहाँले जानकारी दिनुभयो । विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई डाइभर्सन बनाएर वारपार गर्ने गरिएको छ ।

पक्की पुलको आडमा निर्माणाधीन बेलीब्रिज असार मसान्तभित्रमा सञ्चालनमा ल्याइने बताइए पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।  डाइर्भसनमा क्षति पुगेसँगै १० टनमाथिका ठूला मालबाहक गाडीलाई प्रहरीले गगनगौँडामा नै रोकेर राखेको छ । विजयपुर पुल हुँदै दैनिक करीब छ हजारको सङ्ख्यामा सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका