Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • कांग्रेसको नेपालको संसदीय ईतिहास मै अहिलेको जस्तो कमजोर प्रतिपक्षी

कांग्रेसको नेपालको संसदीय ईतिहास मै अहिलेको जस्तो कमजोर प्रतिपक्षी

कांग्रेसको नेपालको संसदीय ईतिहास मै अहिलेको जस्तो कमजोर प्रतिपक्षी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले नेपालको संसदीय ईतिहासमै अहिलेकोजस्तो कमजोर प्रतिपक्षी कहिल्यै नभएको टिप्पणी गर्नुभएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले प्रतिपक्षी दल काग्रेस इतिहासमै अहिले कमजोर भएको बताउनुभएको हो । उहाले सत्तापक्षले मुद्धा उठाएपछि मात्र प्रतिपक्षीले त्यही मुद्धालाई पछ्याएको बताउनुभयो । त्यस्तै रायमाझीले दुई वटा बेग्ला–बेग्लै पार्टी मिलेर नेकपा बनेकोले पार्टीभित्र केही विरोध तथा अन्तरहरु हुनु स्वभाविक भएको स्पष्ट पार्नुभयो । रायमाझीले तत्काललाई पार्टीभित्र ६०–४० वा ५५–४५ को जस्तो देखिएपनि यसले निरन्तरता नपाउने जिकिर गर्नुभयो । साना–साना नतिजाहरुभन्दा पनि यो सरकारले अब ठूला ठूला नतिजा दिनेगरि काम गर्नुपर्नेपनि उहाले बताउनुभयो । उहाले विरोधको नाममा विरोध गरेर नहुने भन्दै सरकारले विस्तारै काम गर्दै अघि बढेको धारणा पनि राख्नुभयो । साक्षात्कारमा कांग्रेसका केन्द्रिय सदस्य मिन बहादुर बिश्वकर्माले साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुख कृष्णबहादुर महराको भूमिकामा निर्भर पर्ने बताउनुभयो । विश्वकर्माले संसद बैठक स्थगन् गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी पनि गर्नुभयो । सरकारका गलत कामका बारेमा कांग्रेसले सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्ने पनि उहाले बताउनुभयो । उहाले काग्रेसको संशोधित नियामावली सर्वसम्मतीले पारित हुने दाबी गर्नुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका