Samacharpati
आइतवार, जेष्ठ १८, २०७७
  • होमपेज
  • गायक राजबहादुर गुरुङको ङोल्स्यो म्हिथेबा लोकार्पण

गायक राजबहादुर गुरुङको ङोल्स्यो म्हिथेबा लोकार्पण

गायक राजबहादुर गुरुङको ङोल्स्यो म्हिथेबा लोकार्पण

सुपर युनिक फिल्मस् प्रा.लि.को आयोजनामा गायक राजबहादुर गुरुङको पहिलो गीति कोसेली ङोल्स्यो म्हिथेबा आज पोखरामा लोकार्पण भएको छ । राजबहादुर गुरुङ र मिलन नेवारको स्वर रहेको गीतमा बेलायत निवासी के.बि. गुरुङको शब्द र मनोज गुरुङको संगीत रहेको छ भने तेजेन्द्र गुरुङले म्युजिक एरेन्ज गर्नुभएको छ । गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान)का अध्यक्ष गिरीप्रसाद गुरुङले एक समारोहका बीच गीतको लोकार्पण गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले नेपाल विभिन्न भाषा संस्कृतिको मुलुक भएको भन्दै भिन्न भाषाभाषीको गीतले यहाँको कला र संस्कृतिलाई जोगाउन र बढाउन ठूलो मद्दत पुग्ने बताउनु भयो । साथै उहाँले नयाँनयाँ कलाकारहरु उत्साह पूर्वक यो क्षेत्रमा आउनु भनेको एकदमै राम्रो प्रयास रहेको भन्दै गीतको सफलताको कामना गर्नुभयो । यस्तै गीतका गायक राजबहादुर गुरुङले आफू लामो समयदेखि नृत्य र गायनको क्षेत्रमा क्रियाशील रहेता पनि आफनै आवाजमा गीत रेकर्ड गर्ने र गायक बन्ने वर्षौदेखिको चाहना पूरा नभई रहेको अवस्थामा यो गीतले आफनो अधुरो इच्छालाई पूरा गरिदिएको भन्दै खुसी व्यक्त गर्नुभयो । साथै उहाँले गीत तयार गर्न सहयोग गर्ने सबै सहयोगीहरुप्रति आभार समेत व्यक्त गर्नुभयो । हिमालयन रिडर्स करर्न न्युरोडको सभाहलमा आयोजना भएको कार्यक्रम सुपर युनिक फिल्मस् प्रा.लि.का सञ्चालक प्रेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रम पत्रकार रोशनी गुरुङले सञ्चालन गर्नुभएको थियो ।


यसैबीच ङोल्स्यो म्हिथेबा गीतमा कभर नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ । गीतको प्रचार प्रसार र नवप्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सो गीतमा कभर डान्स प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुन इच्छुक समुहले आगामी कत्र्तिक ३० गतेभित्र आफनो गीत बुझाई सक्नुपर्ने छ भने भिडियो मोबाइल, क्यामारा आदिले छायांकन गरी ल्याउन सकिने तर गीतमा शीर्षक नलेखि ल्याउनुपर्नेछ । सहभागि हुने समुहले भिडियो मञ्च, कुनै समारोह र अन्य ठाउँमा छायांकन गरि ल्याउन सकिने छ भने प्रवेश निशुल्क रहेको बताइएको छ । बिजेताको घोषणा युटयुब दर्शक (ख्ष्भधच) को आधारमा गरिने भएको छ भने सहभागि सबै समुहलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिने भएको छ । नतिजा घोषणा आगामी माघ १ गते दिउँसो २ बजे पोखरामा भव्य समारोहका बीच हुने र सोहि समारोहमा पुरस्कार वितरण गरिने छ । प्रतियोगिताको बिजेता समुहले नगद ८० हजार र उपबिजेता समुहले नगद ४० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिहरुको गीत स्ट्रिम नेपालको युटयुब च्यानलबाट प्रसारण हुने आयोजकले जानकारी दिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका