Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • २०७५/७६ मा घुससहित २ सय जना रंगेहात पक्राउ

२०७५/७६ मा घुससहित २ सय जना रंगेहात पक्राउ

२०७५/७६ मा घुससहित २ सय जना रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७५/७६ मा घुससहित २ सय जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै अख्तियारले पक्राउ पर्नेमा कार्यालय सहयोगीदेखि विशिष्ट श्रेणीका कर्मचारीसम्म रहेको जनाएको हो । घुससहित रंगेहात पक्राउ पर्नेमा सबैभन्दा बढी गृह मन्त्रालय मातहतका कर्मचारी छन् । गृहका २७ जना, संघीय मामिला अन्तर्गतका २६ जना, भूमि व्यवस्था अन्तर्गतका २२ जना, वन वातावरणका ११ जना कर्मचारी रंगेहात पक्राउ परेका थिए । अख्तियारले गत आर्थिक वर्षमा परेका उजुरी मध्ये ३५१ मुद्दा दर्ता गरेको समेत जनाएको छ । जम्मा २४ हजार ४८ मध्ये १५ हजार ६ सय ११ उजुरी फर्छ्यौट गरिएको र त्यस मध्ये ३५१ उजुरी मात्रै मुद्दामा गएको अख्तियारले जनाएको छ । अख्तियारले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै ८८.५ प्रतिशत कार्य सफल रुपमा सम्पन्न भएको दाबी गरेको छ । पत्रकार सम्मेलनमा अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले अख्तियारले दायर गरेको मुद्धामा सफलताको प्रतिशत बढिरहेको दाबी गर्नुभयो । नेपाली सेनाभित्रको भष्ट्राचारमा संलग्नलाई कारवाही गरेरै छाड्ने उहाले बताउनुभयो भने राष्ट्रिय परिचयपत्र छपाईमा भएको भनिएको भ्रष्टाचार र राष्ट्रिय गौरवका आयोजनाभित्रको भ्रष्टाचार पनि अध्ययनका क्रममा रहेको उहाले बताउनुभयो । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पनि छिट्टै मुद्दा चलाउने अख्तियारले जनाएको छ । बालुवाटारको १ सय १३ रोपनी जग्गा २०२१ सालदेखि भूमाफियाहरुले मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको भन्दै विभिन्न अदालतमा मुद्दा चलिरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका