Samacharpati
बुधबार, मंसिर २५, २०७६
  • होमपेज
  • ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान तथा सामग्री वितरण

ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान तथा सामग्री वितरण

ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान तथा सामग्री  वितरण

तनहुँ, २५ असार ।  भानु नगरपालिका–५ कार्यालयले आफ्नो क्षेत्रका ६९ ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गरेको छ । वडाले ८० वर्षमाथि उमेर समूहका वृद्धवृद्धालाई ‘ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ अन्तर्गत झुल, थर्मस, ग्लुकोज र फ्रुटीलगायत सामग्री प्रदान गरेको वडाध्यक्ष प्रकाश मल्लले जानकारी दिनुभयो ।

शारीरिक रुपमा अशक्त वृद्धवृद्धालाई घरघरमा सामग्री वितरण गर्दा उनीहरुमा खुशीको सीमा नै थिएन भन्दै उहाँले वडाबाट गएका जनप्रतिनिधि तथा कर्मचारीलाई उनीहरुले मनले आँटेको काम पूरा होस् भन्दै आशीर्वाद दिएका थिए । उक्त वडा निवासी सबैभन्दा बढी उमेरकी ११४ वर्षीया गोपीमाया पोख्रेललाई हिँडडुल गर्न गाह्रो भए पनि स्वास्थ्य राम्रो रहेको भेटिएको वडाध्यक्ष मल्लले बताउनुभयो । ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्तासमेत सहजरुपमा वितरण गर्दै आएको वडा कार्यालयले जनाएको छ ।(रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका