Samacharpati
बुधबार, माघ १५, २०७६
  • होमपेज
  • यीनै हुन् ५ तोलाको सुनको रानीहार फिर्ता गर्ने इमान्दार ट्याक्सी चालक

यीनै हुन् ५ तोलाको सुनको रानीहार फिर्ता गर्ने इमान्दार ट्याक्सी चालक

यीनै हुन् ५ तोलाको सुनको रानीहार फिर्ता गर्ने इमान्दार ट्याक्सी चालक

पोखरा, २५ असार । पोखराका ट्याक्सी चालक सुरेश नेपालीले आफुले भेटाएका सुनको रानीहार बुझाएका छन् । ग १ ज ३५७१ नम्बरको ट्याक्सीका चालक नेपालीले भद्रकाली शाखामा आवद्व रहेर ट्याक्सी संचालन गर्दै आएका छन् । ट्याक्सीमा छोडीएको तीन लाख मूल्य बढीको रानीहार उनले प्रहरीको रोहबरमा बुझाएका हुन् ।

सो रानीहार पोखरा–८ सिमलचौर निवासी अर्जुन शर्माकी श्रीमती सुरक्षाको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीको रोहवरमा सुरेशले रानीहार अर्जुन शर्मालाई बुझाएका थिए । शर्मा रिजनल हस्पिटलका मेनेजर पनि हुन् । हराएको रानीहार पाउदाँ शर्मा खुशी भए । अनी उनले सुरेशको इमान्दारिताको कदर गर्दै केही नगद र खादा लगाएर सम्मान गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका