Samacharpati
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • मिड टाउनको आयोजनामा महिलाहरुलाई निःशुल्क कम्प्युटर शिक्षा

मिड टाउनको आयोजनामा महिलाहरुलाई निःशुल्क कम्प्युटर शिक्षा

मिड टाउनको आयोजनामा महिलाहरुलाई निःशुल्क कम्प्युटर शिक्षा

पोखरा, २३ असार । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजनामा महिलाहरुलाई लक्षित गरी निःशुल्क कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । ‘डिप्लोमा इन कम्प्युटर एप्लिकेसन’ कोर्षको तालिम हालै एक कार्यक्रमका बीच उद्घाटन भएको क्लबका सचिव तथा कार्यक्रम संयोजक विकास भुर्तेलले जानकारी दिएका छन ।

ग्लोबल आइटी एजुकेसन अमरसिंहचोकमा सञ्चालित तालिम ३ महिनासम्म चल्ने अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । ‘तालिममा सहभागीहरुको सम्पूर्ण शुल्क क्लबले व्यहोर्छ,’ उनले भने, ‘तालिमबाट गरिब तथा विपन्न वर्गका महिलाहरु प्रत्यक्ष लाभान्वित हुँदैछन् ।’
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले कम्प्युटर शिक्षा लिएर स्वरोजगार बन्न तालिममा सहभागीहरुलाई आग्रह गरे । विधाता हस्तकला प्रशिक्षण केन्द्रका सञ्चालक सबिता श्रेष्ठ रञ्जितले प्राविधिक शिक्षाको महत्व धेरै रहेको बताइन् ।

क्लबका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विश्वास भण्डारीले, धन्यवाद मन्तव्य सहसचिव त्रिलोचन गौतमले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए । मिड टाउनको आयोजनामा गत साताबाट महिलाहरुका लागि झोला बुन्ने तालिमसमेत सञ्चालन भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका