Samacharpati
साेमबार, माघ १३, २०७६
  • होमपेज
  • कास्कीमा सवारी दुर्घटना, खोलामा हाम फालेर एक बेपत्ता

कास्कीमा सवारी दुर्घटना, खोलामा हाम फालेर एक बेपत्ता

कास्कीमा  सवारी दुर्घटना, खोलामा हाम फालेर एक बेपत्ता

पोखरा, २२ असार । मिति २०७६/०३/२२ गते पोखरा महानगरपालिका-२६ विजयपुर स्थित पोखराबाट काठमाण्डौ जाँदै गरेको ग १ ख ७७१९ नंम्बरको बसले पैदल यात्री सोही स्थान बस्ने वर्ष ७५ को लोकमान भट्टराईलाई बाटो काट्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागि मणिपाल अस्पताल पठाएको, उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०३/२२ गते अन्दाजी ११:३० बजेको समयमा जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका-१ भुर्जुङखोला स्थित सेती नदीमा सोही स्थान बस्ने वर्ष ३८ को राजकुमार घर्ती हाम फाली वेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई स्थानिय र प्रहरीको सहयोगमा निजको खोजीकार्य भईरहेको छ, घटनाका विषयमा प्रहरीले थप अनुसन्धान पनि गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका