Samacharpati
साेमबार, चैत्र १७, २०७६

हालको खबर

  • होमपेज
  • जनतालाई सुसुचित गराउन संचार माध्यमको भुमिका महत्वपुर्ण—साँसद कोइराला

जनतालाई सुसुचित गराउन संचार माध्यमको भुमिका महत्वपुर्ण—साँसद कोइराला

जनतालाई सुसुचित गराउन संचार माध्यमको भुमिका महत्वपुर्ण—साँसद कोइराला

तनहुँ, २२  असार ।  गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले स्थानीय सरकारले नागरिकलाई दिने सेवाहरुको बारेका सुसुचित बनाउनका लागि सञ्चारमाध्यामको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार यस तनहुँ खबर राष्ट्रिय दैनिकले चौथो बार्षिकोत्सवको अवसरमा आयोजना गरेको स्थानिय तहको विकासमा संचार माध्यमको भुमिका विषयक अन्तरक्रियामा बोल्दै साँसद कोइरालाले उक्त कुरा बताएकी हुन् ।

पूर्वमन्त्री समेत रहेकी कोइरालाले जनताको समस्या बाहिर उजागर गर्न, स्थानिय क्षेत्रको समस्याबारे सम्बन्धित निकायलाई खबरदारी गर्न, भष्ट्रचार तथा अनियमितता रोक्न पनि संचार माध्यमको भुमिका महत्वपुर्ण हुने बताइन् । “स्थानिय तहले निमार्ण गरेको न्यायका कुराहरु कसरी संचालन गरेको छ ? समयमै सेवा प्रवाह भयो कि भएन? विकास निमार्णका कामहरु समयमै भएको छ कि छैन? गुणस्तरीयता कस्तो छ ? यि आदि विषयमा संचार माध्यमले भुमिका खेल्न सक्छ, उनले भनिन् -“स्थानिय तहलाई झगझक्याउन र राम्रो बनाउन स्वतन्त्र पत्रकारिता आवश्यक छ ।”

साँसद कोइरालाले राज्यको चौथो अंगको रुपमा रहको संचारमाध्यमले राज्यको नीति,नियम जनतासम्म पुर्याउन र जनताले प्राप्त गरेका हक, अधिकार तथा राज्यप्रति जनताको गुनासो बुलन्द गर्ने काम संचार माध्यमले गर्ने गरेकोे बताइन् । शुक्लागण्डकी मिडिया प्रालिद्धारा प्रकाशन भएको पत्रिकाले स्थानिय तहको सुचनाहरुलाई पाठकहरुको माफमा पुर्याउन सफल भएको बताउदै शुक्लागण्डकी नगरपालिका वडा न. ६ का वडाध्यक्ष कृष्ण्बहादुर पौडेलले निश्पक्ष भएर खबर सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन । उनले स्थानीय तहको बागडोर सम्हालेका जनप्रतिनिधिहरुले मोफसलमा रहेको सञ्चार माध्यामहरुबाट आफ्नो कुराहरु राख्न नपाएको भन्दै नजिक भएर काम गर्नुपर्ने जोड दिएका थिए ।

कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ, शिक्षाविद्द्धय मोतिप्रसाद पौडेल, शेषमणी आचार्य, शुक्लागण्डकी एफएमका अध्यक्ष नारायण कुमार श्रेष्ठ लगायतका बक्ताहरुले मोफसलमा दैनिक पत्रिका सञ्चालन गर्नु चुनौतीपूर्ण कार्य भएको बताउदै जनप्रतिनिधिहरुले सम्पादन गरेको कामहरुको समाचार जस्ताको तस्तै जनता माझमा पुर्याउन पत्रकारहरुको दायित्व हुने भएकाले निर्भिकरुपमा कलम चलाउनुपर्ने बताएका थिए ।

पत्रिकाका अध्यक्ष तिर्थराज खनाललको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यकारी सम्पादक रामशरण नेपालीले स्वागत गरेको थिए भने ब्यवस्थापक अशोक विश्वकर्माले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा पत्रिकाका विज्ञापनदाता तथा स्तम्भ लेखकहरुलाई समेत सम्मान समेत गरिएको थियो ।

अशोक विश्वकर्मा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका