Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • मन्टेस्वरी एशोसियसन कास्कीको आयोजनामा प्राथमिक उपचार तालिम सम्पन्न

मन्टेस्वरी एशोसियसन कास्कीको आयोजनामा प्राथमिक उपचार तालिम सम्पन्न

मन्टेस्वरी एशोसियसन कास्कीको आयोजनामा प्राथमिक उपचार तालिम सम्पन्न

पोखरा, २२ असार । मन्टेस्वरी एशोसियसन कास्कीको आयोजनामा शनिबार १ दिने प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सूर्य प्रसाद ढकालले प्राथमिक उपचारको विषय महत्वपूर्ण भएको बताउँदै प्राथमिक उपचारका बारेमा सबै मन्टेस्वरी तथा विद्यालयका शिक्षिक÷शिक्षिका सजग हुनुपर्ने बताउँनु भयो ।

बालबालिकाको शारीरिक अवस्था अति संम्वेदनशील हुने भएकोले कुनै पनि बेला आकस्मिक घटना घट्न सक्ने बताउँनु भयो । जसका लागि प्राथमिक उपचार सेवा पहिलो प्राथमिकता पर्ने बताउँनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्कीका सिल अधिकृत नवराज भण्डारीले सहजीकरण गर्दै तालिममा प्राथमिक उपचार परिचय, बेहोसीको जानकारी तथा उपचार, घाँटीमा केही अड्केमा त्यसको उपचार, रक्तस्राव कसरी रोक्ने, भचाइको प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा जानकारी दिनु भयो ।

कास्की जिल्लामा रहेको एशोसियसनमा आबद्ध करिब २५ विद्यालयहरुका संस्थापक तथा प्रिन्सिपलहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन सत्रमा एशोसियसनका अध्यक्ष अरुना शेरचनले आगामी दिनहरुमा पनि जीवन बचाउँने कला सम्बन्धि यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिने बताउँनु भयो । यस कार्यक्रमको अवसरमा मन्टेस्वरी एशोसियसनले प्रकाशन गर्न लागेको आयाम नामक स्मारिकाको बारेमा पनि जानकारी दिनुभयो । कार्यक्रममा एशोसियसनका सह–सचिव जर्नादन सुवेदीले स्वागतम मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको उद्देश्यमाथि एशोसियसनका सचिव तथा कार्यक्रम संयाजक कुलप्रसाद सुवेदीले प्रकाश भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका