Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • हेमजामा ८ क्युन्टल गाँजा नष्ट

हेमजामा ८ क्युन्टल गाँजा नष्ट

हेमजामा ८ क्युन्टल गाँजा नष्ट

हेमजा, २० असार । सामुदायीक प्रहरी सेवा एवं सामुदायीक सेवा केन्द्र हेमजाको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा शुक्रबार ८ क्युन्टल गाँजा नष्ट गरिएको छ । वडा न. २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिना लगाएत जनप्रतिनिधिको सहभागितामा हेमजाको मिलनचोक देखि स्थानिय सापकोटाचोकसम्मका घरमा रोपिएको गाँजा फडानि गरिएको हो ।

गाजाँ फडानी गर्न हेमजामा रहेका आमा समुह, महिला सञ्जाल, समितिका पदाधिकारी लगाएत स्थानिय बासिको उपस्थिती रहेको थियो । फडानी गरिएको गाँजा सकंलन गरि वडा कार्यलय अगाडी ल्याएर नष्ट गरिएको हो् ।

लागु औषध निउनिकरणको लागि गाँजा फडानी गरिएको सेवा केन्द्र हेमजाकी अध्यक्ष बिष्णु बाँस्तोलाले बताइन । स्वच्छ समाज निर्माणको लागी सेवा केन्द्रले यस्ता काम गर्दै आएको र यसलाइ निरन्तरता दिने उनको भनाइ छ । समाजमा बिभिन्न घटना घटेको र आगामि दिनमा घटना घट्न नदिनको लागि लागु औषध निउनिकरण गर्न आवसेक भएको सेवा केन्द्र हेमजाकी अध्यक्ष बिष्णु बाँस्तोलाले जनाइन ।

गोबिन्द तिमिल्सिना

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका