Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • लक्ष्मी बैंकको १ सय १० औँ शाखा पोखराको अमरसिहंचोकमा

लक्ष्मी बैंकको १ सय १० औँ शाखा पोखराको अमरसिहंचोकमा

लक्ष्मी बैंकको १ सय १० औँ शाखा पोखराको अमरसिहंचोकमा

पोखरा, १९ असार । लक्ष्मी बैंकको नयाँ शाखा पोखराको अमरसिंहचोकमा खुलेको छ । बैंकको यो १ सय १० औँ शाखा रहेको बैंकले जनाएको छ ।

बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बंैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने उद्देश्यले शाखाको स्थापना गरेको बैंकले जनाएको छ ।

यो शाखाबाट कारोबार सुरु भएसंगै लक्ष्मी बैंकले देशका ४८ जिल्लाका १ सय १० शाखाबाट ग्राहाकलाई सेवा दिनेछ । बैंकको २ वटा एक्स्टेन्शन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १ सय ३२ एटिएम, २ हजार ५ सय भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । गण्डकी प्रदेशमा बैंकको शाखा संख्या ११ पुगेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका