Samacharpati
सोमवार, असार २९, २०७७
  • होमपेज
  • लेखनाथको खानेपानीको महसुल भुक्तानी आइएमई पे मार्फत

लेखनाथको खानेपानीको महसुल भुक्तानी आइएमई पे मार्फत

लेखनाथको खानेपानीको महसुल भुक्तानी आइएमई पे मार्फत

पोखरा, १९ असार । पोखरा लेखनाथवासीले खानेपानीको महसुल बापतको रकम अबदेखि ‘आइएमई पे’बाट भुक्तानी गर्न पाउने भएका छन् । यो सेवा साउन १ गतेदेखी सुरु हुनेछ । पोखरा महानगरपालिका वडा नंं. ३० ढुंगेपाटनस्थित लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र ‘आइएमई पे’बीच बुधबार सहकार्यात्मक सहमति भएको हो । सहमतिसँगै लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताले लाइन नबसी सहज तरिकाले ‘आइएमई पे’मार्फत पानीको महसुल भुक्तानी गर्न पाउनेछन् ।

सहमतिमा ‘आइएमई पे’का तर्फबाट गण्डकी प्रदेश प्रमुख संगीत अधिकारी, आइएमईका साविक गण्डकी–धौलागिरि प्रमुख किशोर शर्मा र लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका तर्फबाट लेखा प्रशासन प्रमुख विश्वराम भण्डारीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका १२ हजार उपभोक्ता रहेका छन् ।

यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लाइन बस्नुपर्ने झन्झटबाट मुक्ती मिल्नेछ । करिब २० हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फस्र्योट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको निकाय हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका