Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • पोखरा डायमण्ड भिलेजको दुई दिने क्षमता अभिवृद्धि तालिम

पोखरा डायमण्ड भिलेजको दुई दिने क्षमता अभिवृद्धि तालिम

पोखरा डायमण्ड भिलेजको दुई दिने क्षमता अभिवृद्धि तालिम

पोखरा, १९ असार । लायन्स क्लव अफ पोखरा डायमण्ड भिलेजको आयोजनामा २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

लायन वर्ष २०१९/२० शुरु भएसंगै क्लबका सदस्यहरुलाई नेतृत्व तथा सार्वजनिक भाषणका तालिम प्रदान गरिएको क्लवका संस्थापक अध्यक्ष तथा कार्यक्रमका संयोजक लायन कञ्चन थापाले जानकारी दिइन । लायन्स क्लब भनेको समाज सेवाको अलावा नेतृत्व विकासको प्लेटफार्म हो’ रिजन चियरपर्सन तथा कार्यकमका प्रमुख अतिथि सुशिला कोइरालाले बताइन् ।

महिला मात्र सम्मिलित लायन्स क्लव अफ पोखरा डायमण्ड भिलेजले स्थापनाको छोटो अवधिमै आफ्नो बेग्लै पहिचान स्थापित गरेको छ ।’

लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका जोन चियरपर्सन पुस्पा आचार्यले आफुले लायन्स क्लवमा लागेर धेरै कुरा सिक्ने मौका पाएको बताउँदै महिला सशक्तिकरणका लागि तथा साझेदारीका लागि पनि क्लवले भुमिका खेल्ने उल्लेख गरिन

क्लवका निवर्तमान अध्यक्ष पवित्रा न्यौपानेले महिला महिला सशक्तिकरणको पाटोमा आफुलाइ अब्बल बनाउनको लागि यस्ता कार्यक्रमले ठुलो भुमिका खेल्ने बताइन् ।

क्लबका अध्यक्ष लायन दिलु तिवारीको अध्यक्षतामा भएको कार्यक्रम असार १६ र १७ गते २ दिन सम्म पोखरामा चलेको थियो । पहिलो दिन सञ्चारकर्मी सन्जय मल्लले सार्वजनिक भाषण तथा सकारात्मक सोँचका विषयमा सहजीकरण गरेका थिए भने दोश्रो दिन सञ्चारकर्मी कञ्चन थापाले उद्घोषण कलाका बारेमा सहजीकरण गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका