बेसीसहरमा नेपालको पहिलो स्मार्ट फिल्म सिटी निर्माण गरिने – Samacharpati
Home | About Us | Contact | Unicode |

बेसीसहरमा नेपालको पहिलो स्मार्ट फिल्म सिटी निर्माण गरिने

लमजुङ,१८ असार । लमजुङको बेसीसहरमा नेपालको पहिलो स्मार्ट फिल्म सिटि निर्माण हुने भएको छ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि. र नेपाल एन्ड वर्ल्ड एरिया होल्डिङ कम्पनीबीच उक्त स्मार्ट फिल्म सिटी निर्माण गर्ने सहमति भएको हो ।

उक्त फिल्म सिटी निर्माणका लागि ५ अर्ब ९० करोड लाग्ने अनुमान गरिएको छ । नेपालका तर्फबाट स्काइ इन्टरटेनमेन्टका सञ्चालक एवं नेपाल निर्माता संघका अध्यक्ष आकाश अधिकारीले र इटालियन कम्पनीतर्फबाट कम्पनीका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले उक्त सहमतिमा हस्ताक्षर गनुर्रभएको थियो । वल््ड स्काइ सिने भिलेज नाम दिइएको फिल्मसिटी बेसीसहर नगरपालिकाको वडा नं. ३, ४, ५ र ९ मा रहनेछ ।

५ हजार रोपनी क्षेत्रफलमा फैलिने यो क्षेत्र नेपालकै पहिलो, ठूलो र सुविधायुक्त फिल्म सिटीका रूपमा हेरिएको छ । समुद्रीसतहभन्दा २०६० देखि २९०० मिटरसम्म उचाइमा रहने उक्त फिल्म सिटी संसारकै अग्लो ठाउँको फिल्म सिटी पनि हुने बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित