Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • सनराइज बैंकको कावासोती शाखा विस्तार

सनराइज बैंकको कावासोती शाखा विस्तार

सनराइज बैंकको कावासोती शाखा विस्तार

नवलपुर,  १८ असार । सनराइज बैंकको शाखा गण्डकी प्रदेशको कान्छो जिल्लाको रुपमा चिनिने नवलपुरमा विस्तार भएको छ । नवलपुरको कावासोती नगरपालिकामा बुधबारबाट शाखाको औपचारीक कारोबार सुरु गरेको हो ।

नयाँ शाखाको कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनीया थारु र बैंकका संचालक समिति सदस्य शैलेन्द्र गुरागाईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

कावासोतीमा शाखा विस्तार गरेसंगै बैंकका १ सय १२ वटा शाखा पुगेका छन् । बैंकले नेपालभर ३६ वटा शाखा रहित बैंकीङ सेवा, ४ वटा एक्सटेण्सन काउण्टर, १ सय २६ वटा एटिएम मार्फत सेवा दिदै आएको जनाएको छ । बैंकले देशभर आफ्ना ५ लाख ग्राहकहरु रहेको दावी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका