Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • प्रेमिकासँगै होटलमा बास बसेका काभ्रेका युवक मृत फेला

प्रेमिकासँगै होटलमा बास बसेका काभ्रेका युवक मृत फेला

प्रेमिकासँगै होटलमा बास बसेका काभ्रेका युवक मृत फेला

काठमाडौं, १८  असार । प्रेमिकासँगै नयाँ बसपार्कस्थित एक होटलमा बास बसेका काभ्रेका युवक मृत भेटिएका छन् । असार ११ गते युएईको दुबईबाट नेपाल फर्किएका २६ वर्षीय प्रमोद गुरुङ शुभकलश गेस्ट हाउसमा बुधबार विहान मृत फेला परेका हुन् ।

विदेशबाट आएको दिनदेखि नै म्याग्दी घर भएकी प्रेमिकासँग उक्त होटलमा बस्दै आएका गुरुङ बुधबार विहान मृत फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन ।

बुधबार विहान गुरुङकी प्रेमिकाले होटलको रिसेप्सनमा आई उनको मृत्यु भएको जानकारी गराएको प्रहरीले बताएको छ । उनीहरुको कोठामा २ वटा वियर, गाजा र यौनबद्र्धक औषधिसमेत फेला परेको प्रवक्ता बोगटीले जानकारी दिएका छन ।

युवकको शव त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ चिकित्सकले होटलमै आई जाँच गरिरहेको छ । जाँचपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ । मृतक गुरुङ र युवती दुबै जना अविवाहित हुन् । उनीहरु ११ गतेदेखि १४ गतेसम्म सोही होटलमा बसेका थिए । त्यसपछि नगरकोट घुम्न गएर मंगलबार साँझ पुनः होटलमा आएर बसेका थिए ।

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका