Samacharpati
बिहीबार, फाल्गुन १५, २०७६
  • होमपेज
  • विना कागजात पोखरामा वस्दै आएका रसियन नागरिक पक्राउ

विना कागजात पोखरामा वस्दै आएका रसियन नागरिक पक्राउ

विना कागजात पोखरामा वस्दै आएका रसियन नागरिक पक्राउ

पोखरा, १८ असार । अवैध रुपमा पोखरामा वस्दै आएका रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्यटन प्रहरी कार्यालय पोखराबाट खटिएको एक टोलीले नागरिकता , पासपोर्ट र भिसा लगायतका कुनै पनि कागजात विना वस्दै आएका रसियन नागरिक निकोलाय ओलेग बीच भोर्नेभलाई पोखरा ६ खहरेबाट पक्राउ गरेको हो ।

पोखराको पर्यटकीय स्थल लेक साईड क्षेत्रमा माला, क्यूरियो लगायतका सामाग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई आवश्यक कार्वाहीको लागि अध्यागमन कार्यालय पोखरामा बुझाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई अध्यागमन विभाग काठमाडौं पठाइएको छ ।

हरि बास्तोलाबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका