Samacharpati
बुधबार, माघ १५, २०७६
  • होमपेज
  • आगरा – पोखरा सिधा बस सेवा माग

आगरा – पोखरा सिधा बस सेवा माग

आगरा – पोखरा सिधा बस सेवा माग

आगरा, १८ असार । उत्तर भारतको पर्यटकीय शहर आगराका व्यवसायीले सो शहर र पोखरा विच सिधा बस सेवा संचालनको सुझाव राख्दै त्यस्तो सेवा भए भारतीय नागरिकलाई पोखरा पुग्न सहज हुने भनाई राखेका छन् ।
बोर्डर टाउन सेल्स मिसनअन्तर्गत चलिए पोखरा अभियान पुनः सुरु गर्न पश्चिमाञ्चल होटल संघ पोखराको अगुवाईमाआगरा आइपुगेको होटल कर्मीको टोलीसँगआगराका व्यवसायीले पोखरा पुग्नका लागि कनेक्टिभिटीको सवाल अगाडि सारेका हुन् ।

संघले नेपाल पर्यटन बोर्डसँग मिलेर आगरामा मंगलबार साँझ आयोजना गरेको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा नेपालभारत मैत्री बस सेवाआगरा डिपोका प्रबन्धक अनिल कुमारले पोखरा दिल्ली सिधा बस सेवा संचालनरत भएजस्तै आगरालाई पनि त्यस्तो सेवा मार्फत् पोखरासँग जोड्न जरुरी भएको भनाई राखेका छन ।
होटल एण्ड रेष्टुरेण्ट अनर एशोसिएशन आगराका प्रतिनिधि रमेश वादवाले पोखरा र काठमाडौं लगायत थुप्रै अन्य शहरहरु निकै सुन्दर भएको भन्दै भारतीयले ती शहरको भ्रमण गर्नुपर्ने सुझाव राखेका छन् ।

पोखरा प्रति भारतीयहरु पनि जिज्ञासु भएको भन्दै पोखरा सम्बन्धी प्रबद्र्धन कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका छन । आगरा स्थित होटल चाणक्यकी प्रबन्ध निर्देशक बन्दना प्रसादले पोखरा सम्बन्धी प्रबद्र्धनात्मक वृत्तचित्र हेरेर आफू प्रभावित भएको बताइन् । पोखरा र आगरा विच पर्यटक आदानप्रदान गरेर अगाडि बढ्न सकिने प्रशस्त संभावना भएको उनले स्मरण गराइन् ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले अहिले उत्तर भारतमा चर्को गर्मी भएको भन्दै आनन्ददायी मौसममा रमाउनका लागि पोखरा आउन भारतीयलाई आग्रह गरेका छन । भारतीयपर्यटकलाई लक्षित गरी विभिन्नप्याकेजहरु समेत आफूहरुले व्यवस्था गरेको उनले सुनाए । हनिमुन प्याकेज, मनसुन प्याकेज, धार्मिक तिर्थयात्रा प्याकेज, शैक्षिक भ्रमण प्याकेज र माइस (मिटिङ, इन्सेन्टिभ्स र कन्फरेन्स) प्याकेज जस्ता सुविधाहरु भारतीय पर्यटकका लागि व्यवस्था गरिएको उनले सो अवसरमा जानकारी दिएका छन ।

कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा र वरपरका पर्यटकीय आकर्षण र सुविधाका बारेमा जानकारी गराएका थिए । नेपाल पर्यटन बोर्ड भारतीय पर्यटकलाई नेपालमा स्वागत गर्न सधैं तयार रहेको भनाई पनि उनले सो अवसरमा राखेका थिए । संघका सल्लाहकार परिषद्का संयोजक एवं पूर्व अध्यक्ष हरिशर्मा गैह्रेले सन् २०१२ बाट सुरु भएको चलिए पोखरा अभियानबारे जानकारी गराएका थिए ।

संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखरामा भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य भएको भन्दै भारतीय पर्यटकलाई पोखरामा स्वागत गर्न आफूहरु तयार रहेको भनाई राखेका थिए । यहीअसार २० गते सम्म संचालन हुने अभियानउत्तर प्रदेशको राजधानी लखनउ र विहारको राजधानी पटनामा पनि संचालन हुने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका