Samacharpati
बुधबार, चैत्र १९, २०७६
  • होमपेज
  • गण्डकी प्रदेश चेम्बर अफ कमर्सले पूर्णता पायो

गण्डकी प्रदेश चेम्बर अफ कमर्सले पूर्णता पायो

गण्डकी प्रदेश चेम्बर अफ कमर्सले पूर्णता पायो

पोखरा, १८ असार । गण्डकी प्रदेश चेम्बर अफ कमर्सको कार्यसमितिले पूर्णता पाएको छ । मंगलबार गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदु अधिकारीले कमर्सको प्रथम उपाध्यक्षमा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारलाई चयन गरेका हुन् ।

कमर्सको द्वितीय उपाध्यक्षमा चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइ चन्द्र श्रेष्ठ, महासचिवमा राजु श्रेष्ठ मनोनित भएका छन् । त्यसैगरी सदसस्यहरुमा स्याङजा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री बहादुर गुरुङ, कास्की चेम्बर अफ कमर्सका उपाध्यक्ष यमनाथ पौडेल र तेजेन्द्र पौडेल मनोनित भएका छन् ।

कायसमिति चयन पछि सम्पन्न पहिलो बैठकमा वोल्दै यदु अधिकारीले गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला र नगरहरुमा चेम्बर गठन गरी ब्यवशायिक हक हितको लागी स्थानिय सरकार, संघीय सरकार र प्रदेश सरकार संग सहकार्य गरी अगाडी बढ्ने बताए । अधिकारीले चेम्बर गठन व्यावसायीको हकहितको लागी भएकाले यसमा आवद्ध सदस्यहरुलाई समेत संस्थाको नीतिअनुसार अगाडी बढ्न समेत आग्रह गरे ।

त्यस्तै चेम्बरका उपाध्यक्ष किसान सुनारले गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका व्यावसायीहरुलाई कर शिक्षासँगै व्यावसायिक शिक्षा प्रदान गरी समृद्ध प्रदेश बनाउनका लागी चेम्बर लागिपर्ने बताए । त्यस्तै महासचिव राजु श्रेष्ठले प्रदेश र केही जिल्लामा भर्खर चेम्बर अफ कमर्स गठन भएको र प्रदेशका सम्पूर्ण जिल्लाहरुमा समेत छिट्टै चेम्बर गठन गरी ब्यापक सदस्यता बृद्धि गर्दै तीनवटै सरकारलाई आर्थिक नीति निर्माणमा गण्डकी प्रदेश चेम्बर अफ कमर्सको सक्रिय सहभागिता जनाउने बताए ।

चेम्बरका पदाधिकारी तथा सदस्यहरुले आ–आफ्नो पद अनुसारको जिम्मेवारी बहन गर्दै व्यवासायिक हक हितको लागि अहम भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका