Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • लेकसाइडमा १५ जना दलितले लिए १ महिने कुक तालिम

लेकसाइडमा १५ जना दलितले लिए १ महिने कुक तालिम

लेकसाइडमा १५ जना दलितले लिए १ महिने कुक तालिम

पोखरा, १८ असार । पोखराको बैदाममा एक महिने कुक तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. ६ को आयोजना र नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाको समन्वयमा भएको उक्त कार्यक्रममा उत्पिडित (दलित) समुदायका १५ जनाले तालिम लिएका छन् ।

कार्यक्रमको समापन गर्दै गण्डकी प्रदेशका सांसद कृष्ण थापाले उत्पीडित समुदायलाई लक्षित गरेर गरिएको कार्यक्रमले व्यवसायीक बन्न र आर्थिकोपार्जनका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रम निरन्तर गरिरहनुपर्ने उल्लेख गर्नुभयो । अहिले नेपाल सरकार समृद्ध नेपाल र सुखी नेपालीको नाराका साथ अघि बढीरहेको बताउदै थापाले कोही पनि नागरिक सिपको अभावमा बेरोजगार हुन नपरोस भन्ने सरकारको धारणा रहेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य पुष्पा पाहारी घले, रेडक्रस सोसाइटी बैदाम उपशाखाका अध्यक्ष गिरिराज अधिकारी, सामुदायीक सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराई, वडा सदस्य राममाया बिक, वडा नं. ६ का सचिव सविता ढुङ्गाना, कार्यक्रम संयोजक मंगल नेपाली, प्रशिक्षार्थी बिनु बिक, सन्दिप परियार, खहरे आमा समुहका अध्यक्ष मैया थापा लगायतले बोल्नुभएको थियो ।

वडा नं ६ का अध्यक्ष जगत बहादुर पहारीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन रेडक्रस सोसाइटी बैदाम उपशाखाका सहसचिव तुलसी दाहालले संचालन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका