नेपाली ढुकुटीबाट आइफा अवार्डलाई पैसा दिने निर्णयबारे माइतीघर परिसरमा बिरोध पर्दर्शन – Samacharpati
Home | About Us | Contact | Unicode |

नेपाली ढुकुटीबाट आइफा अवार्डलाई पैसा दिने निर्णयबारे माइतीघर परिसरमा बिरोध पर्दर्शन

काठमाडौँ, १७ असार । भारतको प्रतिष्ठित आइफा अवार्डलाई नेपाली ढुकुटीबाट पैसा दिने निर्णयबारे चौतर्फी बिरोध भईरहँदा आइतबार काठमाडौँको माइतीघर परिसरमा राजनीतिक दल तथा स्वतन्त्र युवाहरुले बिरोध पर्दर्शन गरेका छन ।  बिरोध पर्दर्शनमा बिभिन्न कलाकार, पत्रकार, साधारण नागरिक र कलाकारहरुको उपस्थिति रहेको थियो । उक्त विरोध कार्यक्रममा नायक नवल खड्काले सरकारको व्यंग्य गर्दै सगरमाथा, सिता र गौतम बुद्धले देश चिनाउन सकेनछ भन्ने अभिव्यक्ति दिंदै एक रातको कार्यक्रमले चिनाउँछ रु भन्दै व्यंग्य गरे  उनले भने देशकै राष्ट्रिय पुरस्कारका लागि राष्ट्रपतिले एक घण्टा समय छुट्याउन नसक्ने तर विदेशको निजी अवार्डका लागि ढुकुटी नै रित्याउने  सरकारको नेपाली फिल्म क्षेत्रप्रतिको दृष्टिकोण के हो भन्ने यही उदाहरणले छर्लंग पार्छ ।

सरकारकै खर्चमा भारतीय इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) अवार्ड गर्न लागिएको भन्दै विद्यार्थी संगठन अखिल छैटौंका नेता तथा कार्यकर्ताले बिभिन्न बिरोधस्वरूपका नारा लेखिएको प्लेकार्ड आफ्नो छातीमा टासेर विरोध प्रदर्शन गरे । उनीहरुले नेपालको पर्यटनमा लगानी गरु, आइफामा लगानी, भारतको गुलामीु लेखिएका प्लेकार्डसहित विरोध गरे, जसमा चलचित्रकर्मीहरुको समेत ऐक्यबद्धता रहेको थियो । उनीहरुले विदेशी पाहुना नेपालमा आउनु गौरवको कुरा भएपनि नेपालले आफ्नो ढुकुटी खर्चेर ल्याउनु आफूहरुलाई पाच्य नभएको बताए । नेपालको जनताको तिरेको करले आइफा अवार्ड गर्न लागेको भए आफूहरुले उक्त कार्यक्रमलाई अवरोध गर्ने पर्दर्शनकारीहरुले बताएका छन् ।

माइतीघरमा मात्र नभई आइतबार बिभिन्न संचार माध्यम मार्फत कलाकारहरुले आइफा अवार्डलाई नेपाल सरकारले पैसा दिने बिषयको नकारात्मक टिप्पणी दिएका छन् । कलाकारहरुले नेपाली कलाकारको सम्मानमा खर्च नगर्ने सरकारले एक रातको अवार्डमा करोडौं खर्च गर्नु लज्जास्पद भएको टिप्पणी दिएका छन् ।
भिडियोमा हेर्नुहोस्

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित