Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • पोखरा २० का १ सय ३४ किसानलाई कृषी सामाग्री वितरण

पोखरा २० का १ सय ३४ किसानलाई कृषी सामाग्री वितरण

पोखरा २० का १ सय ३४ किसानलाई कृषी सामाग्री वितरण

पोखरा, १७ असार । पोखरा महानगरपालिका वडा नम्बर २० ले वडा भित्र रहेका अति विपन्न कृषकहरुलाई सहयोग सामाग्री वितरण गरिएको छ । वडाभित्र रहेका १ सय ३४ किसानलाई कृषी सामाग्री वितरण गरिएको हो । वडा स्तरिय बजेट १० लाख मध्ये पशुपालक किसानलाई ५ लाख र खेतीपाती गर्ने किसानलाई ५ लाखको सामाग्री वितरण गरिएको हो । जसमध्ये कृषी तर्फ ७७ र पशुपालन तर्फ ५७ जना कृषकलाई आधुनिक कृषी सामाग्री प्रदान गरिएको हो ।

किसानलाई आधुनिक शैलीबाट खेतीपाती गर्नका लागी हाते ट्रयाक्टर, टनेल प्लाष्टिक, असिना जाली, फलामे हलो जस्ता सामाग्री वितरण गरिएको हो । सामाग्री संगै किसानहरुलाई प्राङगारिक तथा गड्यौला मल बनाउने तालिम र वेमौसमी तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको हो । आधुनिक कृषी सामाग्री प्रदान गर्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले आधुनिक कृषीतर्फ उन्मुख महानगर बनाइ महानगर भित्र उत्पादन भएका कृषी सामाग्रीको उपयोगलाई महानगरले पहिलो प्राथमिकतामा राखेको वताएका छन । पोखराका सम्पूर्ण वडाहरु कृषीजन्य बस्तुको उत्पादन हुने वडा भएकाले यहांका वडालाई कृषीमा आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको जिसीले वताएका छन ।

वडाले ७ थान हाते ट्याक्टर जसमा देउराली अर्गानिक सहकारी र पिपलडाली सहकारीलाई १÷१ थान, महेन्द्र उच्च मावि वाली विज्ञान अध्ययनका लागी १ थान, र मौजा र भलाममा गरी ४ थान प्रदान गरिएको छ । जसले टोलछिमेक वरपर ट्रयाक्टर जाने ठाउ हेरी अन्य ब्याक्तिको समेत जग्गामा उपयोग गर्ने गरी वितरण गरेको वडा अध्यक्ष सिम गुरुङले वताएका छन ।

त्यसैगरी वडाले २५ जना कृषकलाई प्लाष्टिक टनेल, २५ जनालाई असिना जाली र २० जनालाई फलामे हलो प्रदान गरिएको हो । त्यसैगरी पशुपालन तर्फ ४३ विपन्न वर्गका किसानलाई कुखुराको चल्ला वितरण गरिएको छभने १ वटा फर्मलाई कुखुरा फर्म सुदृढीकरण, २ किसानलाई उन्नतजातको बोका खरिदका लागी अनुदान प्रदान गरिएको छ । त्यस्तै तीनवटा पशुपालक किसानलाई चाप कटर घांस काट्ने मेसिन, ३ वटा कृषकलाई गोठ सुधारका लागी अनुदान, २ वटा कृषकलाई खोर सुधार, प्रजनन योग्य उन्नत जातको रागो खरिदका लागी २ जना कृषकलाई अनुदान प्रदान गरिएको छ भने डिपिङ ट्याङ्क खरिदका लागी समेत रकम छुट्याइएको छ ।

वडास्तरिय वजेट अन्तर्गत अघिल्लो वर्ष प्रदान गरिएको अनुदान रकम बास्तविक किसान समक्ष नपुगेको गुनासो आएपछि यो पटक बास्तविक किसान समक्ष पुगोस भनी विभिन्न समितीहरु निर्माण गरी परम्परागत कृषी प्रणालीलाई विस्थापन गरी आधुनिक कृषी प्रणालीलाई अंगीकार गर्ने गरी यो पटक किसान र पशुपालक किसान त्यसमा पनि अति विपन्नलाई लक्षित गरी प्रदान गरिएको वडा अध्यक्ष सिम गुरुङले जानकारी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका