Samacharpati
बुधबार, चैत्र १९, २०७६
  • होमपेज
  • उपभोक्ता सेवामा खानेपानी सक्रिय

उपभोक्ता सेवामा खानेपानी सक्रिय

उपभोक्ता सेवामा खानेपानी सक्रिय

पोखरा, १७ असार नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख निरण महर्जनले संस्थान उपभोक्ता हितमा लागि परेको बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराको २६ औं वार्षिकोत्सवका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि इन्जिनियर महर्जनले कर्मचारीको एकतामा जोड दिँदै उपभोक्ताको हितमा समय खर्चन अनुरोध गरे । उपभोक्ताका चाहना अनुरुप सेवा दिनु संस्थानको कतव्र्य भएको भन्दै कर्मचारी संघले वृक्षरोपण गरेर प्रभावकारी काम गरेको बताए । उनले कर्मचारीको अपेक्षा र आचरणमा ध्यान दिन आग्रह गर्दै भविष्यमा पर्न सक्ने खतरा प्रति सचेत रहन सवै कर्मचारीलाई आग्रह गरेका थिए ।

शाखा कार्यालयमा आयोजित असारे १५ अर्थात् दहि चिउरा खाने कार्यक्रमसँगै फलफूलका विरुवा रोपण, संस्थानमा नयाँ नियुक्त भएका कर्मचारीलाई स्वागत र अनिवार्य अवकास भएका कर्मचारीलाई विदाई गरिएको सभामा प्रमुख अतिथि महर्जनले सरकारको योजनालाई पूरा गराउने अभियानमा सिंगो संस्थान लागिपरेको बताए । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले मजदुर एकतामा जोड दिँदै सेवामूलक संस्थामा कार्यरत कर्मचारी जिम्मेवार हुनु पर्ने धारणा राखेका थिए ।

कर्मचारी संघका इकाई अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय महासचिव केदार धमलाले संस्थानको भविष्य निर्धारण कर्मचारीको हातमा भएको भन्दै नयाँ जोस र जाँगरका साथ संस्थान प्रवेश गरेकालाई बधाई दिए । महासचिव धमलाले संस्थान र लामो समयसम्म करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको वृत्तिविकासमा बाधा पुर्याउन खोज्ने समूहलाई खवरदारी गरेका छन । धमलाले कर्मचारी युनियनबीच एकता आवश्यक रहिरहेको भन्दै क्रियाशील युनियनले पीडित अस्थायी कर्मचारीको भावनालाई व्यवस्थापनसँग जुधेर सम्वोधन गर्नु पर्ने बताए । कार्यक्रममा ८ औं तहमा बढुवा भई जिम्मेवारी सम्हालेका कार्यालय प्रमुख निरण महर्जनलाई बधाई दिइएको थियो ।

कार्यक्रममा नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्की कार्यवहाक अध्यक्ष रुककुमार श्रेष्ठ, नयाँ नियुक्ति लिई सेवा प्रवेश गरेका लेखा अधिकृत पंकजकुमार दास, संघका इकाई सचिव कृष्णहरि वाग्ले, निवर्तमान कोषाध्यक्ष शुभद्रादेवी शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संगठन केन्द्रीय सचिवालय सदस्य वसन्तराज भण्डारीले कर्मचारी एकतामा जोड दिए । उनले कर्मचारी संघको रचनात्मक कामको प्रशंसा गर्दै निरन्तरता दिन अनुरोध गरेका थिए ।

कर्मचारी संघले कार्यालय हाताभित्र कागती, नासपति, निमपत्ता, एभोकार्ड, धुपी, कपुर लगायतका विरुवा रोपण गरेको कर्मचारी संघका कोषाध्यक्ष डिलबहादुर ढकालले जानकारी दिए । संघले अवकास प्राप्त कर्मचारी मनहरि बराल, ज्वाहारिलाल गुरुङ, जगन्नाथ गौतमलाई कदरपत्र र ढाका टोपीले विदाई गरिएको संघका कार्यसमिति सदस्य चन्द्रकान्त अधिकारीले जानकारी दिए । कार्यक्रममा नयाँ नियुक्त भएका कर्मचारी रामचन्द्र लामिछाने, संगीता थापा, पंकजकुमार दास, रमेश मगराती, प्रकाश सिलवाल, लक्ष्मण पराजुली, ज्ञानु अधिकारी, दीलिपकुमार ठकुरी, विक्रम बरुवाललाई बधाई दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका