Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • उपत्यकामा विजुली बस सञ्चालन गर्न सम्झौता

उपत्यकामा विजुली बस सञ्चालन गर्न सम्झौता

उपत्यकामा विजुली बस सञ्चालन गर्न सम्झौता

प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्न सम्झौता भएको छ । सोमबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको हो । विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् । ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले उहाले रात्रीबस चलाउनका लागी महानगरले समन्वय गर्ने बताउनुभयो । साझाका साथै नीजि क्षेत्रबाट रात्रीबस चलाउनका लागी छलफल भइरहेको उहाको भनाई छ । कार्यक्रममा युरो ४ मापदण्डका २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ ।बसहरुले सोमबारबाटै सेवा शुभारम्भ गरेका छन् । नयाँ बसमध्ये ६ वटा बस नयाँ बसपार्क–सूर्य विनायक रुटमा चल्नेछन् भने अरु ६ वटा बसले नयाँबसपार्क–कमल विनायक रुटमा सेवा दिनेछन् । अरु ८ ओटा बस भने नयाँ बसपार्क–लगनखेल हुँदै सोही बाटो फर्किने छन् । राजधानी बाहिर सेवा दिइरहेका ४ वटा बसमा भने काठमाडौं– बागलुङ र काठमाडौं–भैरहवा छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका