Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • विदेशी भुमिमा कर्म थलो बनाएका रमेश परियारको ‘बाध्यताले विदेश पस्या छु’

विदेशी भुमिमा कर्म थलो बनाएका रमेश परियारको ‘बाध्यताले विदेश पस्या छु’

विदेशी भुमिमा कर्म थलो बनाएका रमेश परियारको ‘बाध्यताले विदेश पस्या छु’

काठमाडौँ, ३० जेठ । नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल नाम हो रमेश परियार । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १३ ठुलोसिरुवारीमा जन्मिएर विदेशी भुमिमा कर्म थलो बनाएका गायक तथा सर्जक रमेश परियारको ‘बाध्यताले विदेश पस्या छु’ बोलको मार्मीक गीत भर्खरमात्र सार्वजनिक भएको छ ।

रमेश परियार र कविता दुलालको सुमधुर आवाज रहेको उक्त गीतमा शब्द तथा संगीत स्वयं रमेश परियारकै रहेको छ । सुन्दर लामाको एरेन्ज रहेको उक्त गीतको रेकर्ड स्वरलिपी रेकडिङ स्टुडियोमा गरिएको हो ।

गीतमा परदेशीएका नेपालीको बाध्यात्मक कथालाई मार्मिक शब्द र लयमा प्रस्तुत गरिएको छ । परदेशीएको श्रीमान विदेशमा बस्दा श्रीमतीको पीडामा हुने छट्पटाहट र गाउँमा श्रीमतीले विदेशीएको श्रीमानको अभावमा जिउनु पर्ने बाध्यात्मक अवस्थालाई गीतमा चित्रण गरिएको छ ।

आफु विदेशी भुमिमा रहेर पनि आफनो कलाकारिता यात्रालाई अहोरात्र नेपाली संगित प्रेमीको मनमा बस्न सफल गायक परियारका हाल सम्म बजारमा दुई दर्जन गीतहरु रेकर्ड भईसकेको र केही बजारमा आउनेक्रममा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका