Samacharpati
बुधबार, चैत्र १९, २०७६
  • होमपेज
  • साझा विवेकशील नवलपुरको सँयोजकमा हरिप्रसाद गौतम

साझा विवेकशील नवलपुरको सँयोजकमा हरिप्रसाद गौतम

साझा विवेकशील नवलपुरको सँयोजकमा हरिप्रसाद गौतम

दुई तिहाईको सरकारले वैकल्पिक शक्तिको आवश्यकता झन् बढाएका छन् : रवीन्द्र

नवलपुर, १९ जेठ । साझा विवेकशील पार्टीको नवलपुर जिल्ला सँयोजकमा हरिप्रसाद गौतम चयन भएका छन् । पार्टीले शुक्रबार एक कार्यक्रमका बीच गौतमलाई नवलपुरको जिल्ला सँयोजक घोषणा गरेको हो । नवलपुरमा आयोजित जिल्ला सँयोजक घोषणा कार्यक्रममा पार्टीका केन्द्रीय सँयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश सँयोजक महेश भण्डारीले सँयुक्त रुपमा माटोको टिका लगाएर गौतमलाई नवलपुरको जिल्ला सँयोजक घोषणा गरेका थिए । जिल्लामा रहेर साझा विवेकशीलकै नाममा राजनीति गरिरहेका गौतम यसअघि पार्टीकै तर्फबाट प्रतिनीधिसभा सदस्यको चुनावमा उम्मेदवारी समेत दिईसकेका छन् ।

जिल्ला सँयोजक घोषणा भैसकेपछि गौतमले आफूमा अझै बढि जिम्मेबारी थपिएको प्रतिक्रिया दिए । नवलपुर राजनीतिक हिसाबले नेपालको कान्छो जिल्ला भएपनि काम र क्षमताको हिसाबले यो जिल्लालाई विशेष बनाउन आफ्नो नेतृत्वले काम गर्ने उनले विश्वास दिलाए । ‘सामाजिक तथा नैतिक शिक्षा नेपाली भाषामा’ नामक अभियानका अभियन्ता समेत रहेका गौतम व्यवसायी पनि हुन् ।

गौतमलाई माटोको टिका लगाएर जिल्ला सँयोजक घोषणा गरेसँगै पार्टीका केन्द्रीय सँयोजक रवीन्द्र मिश्रले सँधै कल्याणकारी भावनासहित राजनीतिमा अगाडि बढ्न शुभकामना दिए । साथै उनले देशको स्थिती अहिले खराब अवस्थामा भएको बताउँदै वैकल्पिक शक्तिको आवश्यकता दिनप्रतिदिन झन् बढ्दै गएको दाबी गरे । वैकल्पिक राजनीतिको यात्रामा जोडिएर कल्याणकारी राज्यको परिकल्पना गर्ने हरेकलाई उनले साझा विवेकशीलमा आउन आह्वान समेत गरे । साथै यही यात्रामा जिल्ला सँयोजकको नेतृत्वमा आएर जोडिएका गौतमलाई चुनौती थपिएको र त्यसलाई अवसरको रुपमा लिन उनले सुझाए ।

त्यस्तै पार्टीका प्रवक्ता समेत रहेका अर्का केन्द्रीय नेता डा। सूर्यराज आचार्यले अहिले सरकारको नेतृत्वमा रहेको पार्टी र सत्ताबाहिर रहेको नेपाली काँग्रेसले सुसँस्कृत राजनीति गर्छु भन्दै जनतामाझ भ्रम छरेको बताए । ‘६ करोड रुपैयाँको बजेट चाहिन्छ भन्दै कोकोहोलो गर्ने विधायकहरुले किन ६ अर्बको सही राजनीतिक हस्तक्षेप गर्न सक्छु भनेर सोँच्दैनन रु’ उनले प्रश्न गरे–‘यस्ता थुप्रै समस्याहरुले गाँजेको छ । र, हामी यही चिजलाई सुधार्नका लागि वैकल्पिक राजनीतिको अभियानमा छौँ ।’

त्यसैगरि अर्का केन्द्रीय सदस्य मुमाराम खनालले अहिले दुई तिहाईको सरकारले सहभागितामुलक लोकतन्त्रको वकालत गर्नुपर्नेमा ‘सहभागितामुलक लुटतन्त्र’ वकालत गरिरहेको आरोप लगाए । ‘यत्तिका शक्ति पाउँदा र स्थिर रुपमा सरकार चलाउन पाउँदा पनि यस्तो गर्नेले कसरी देशलाई सम्बृद्धितर्फ डो¥याउन सक्छन् रु’ खनालले भने–‘त्यसैले वैकल्पिक राजनीतिमा साझा विवेकशीलले उठाएर कल्याणकारी लोकतन्त्र नै अबको आवश्यकता हो ।’ त्यस्तै पार्टीकै अर्का केन्द्रीय सदस्य केशव दाहालले अबको अवस्थामा जनताले पनि सोँच्नुपर्ने बेला आएको बताए । ‘जनता सँधै यस्तै पाराले यी दलहरुलाई सत्तामा ल्याउन मात्रै प्रयोग हुने हो भने समस्या ज्यूँ का त्यूँ रहन्छ ।’ उनले भने–‘त्यसैले जनताले विकल्प खोज्न आवश्यक छ ।’

नवलपुरमा भएको जिल्ला सँयोजक घोषणा तथा नागरिक सम्बोधन कार्यक्रममा साझा विवेकशील पार्टीकै गण्डकी प्रदेश सँयोजक महेश भण्डारीले पार्टीले अब सिमान्तकृत समुदायको मुद्दालाई पनि आफ्नो मुल मुद्दामा समावेश गर्नुपर्ने धारणा पेश गरे । नवलपुरमा सँयोजक घोषणा गरिरहँदा उनले त्यहाँकै विभिन्न समुदायलाई सम्झिए र त्यस क्षेत्रको ऐतिहासिक महत्वलाई केलाए । भण्डारीले वैकल्पिक शक्तितर्फ जनतालाई आकर्षित गर्न पार्टीको केन्द्रीय समितिले अझै बढि रचनात्मक हुनुपर्ने बताए । कार्यक्रममा पार्टीकै कर्णाली प्रदेश सँयोजक गेहेन्द्रप्रसाद दाहाल, स्थानीय समाजसेवी कृष्णप्रसाद तिमिल्सेना, नवलपुरकै उद्योगी कृष्णप्रसाद गौतम लगाएतले बोलेका थिए । पार्टीको गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख टीएम पौडेलले स्वागत गरेको कार्यक्रमलाई कोपिला भण्डारीले संचालन गरेकी थिईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका