Samacharpati
बुधबार, मंसिर २५, २०७६
  • होमपेज
  • नवलपरासी र तनहुँमा सवारी दुर्घटना २ जना घाईते

नवलपरासी र तनहुँमा सवारी दुर्घटना २ जना घाईते

नवलपरासी र तनहुँमा सवारी दुर्घटना २ जना घाईते

तनहुँ, २९ जेठ । मिती २०७६/०२/२९ गते कावासोती नगरपालिका-८ खर्कट्टा जंगल स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ५ ख १०२२ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको लु ४ प ६४२० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा सोही ठाउँ बस्ने वर्ष २१ को मोटरसाईकल चालक सन्दिप श्रेष्ठ घाईते भई उपचारको लागि मनकामना अस्पताल चितवनमा पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०२/२९ गते शुक्ला गण्डकी नगरपालिका- ५ भिमाद चोक स्थित पृथ्विराजमार्गमा दमौलीबाट पोखरा तर्फ आउँदै गरेको ग ११ प ३६७७ नम्बरको मोटरसाईकललाई लाई बिपरित दिशाबाट जाँदै गरेको ग १२ प ४८८२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा भानु नगरपालिका-२ बस्ने चर्ष ३९ को दशरथ दवाडी घाईते भई उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका