Samacharpati
शुक्रबार, जेष्ठ १६, २०७७
  • होमपेज
  • चापाकोट बचतको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

चापाकोट बचतको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

चापाकोट बचतको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

पोखरा, २९ जेठ । पोखराको डिहिकोपाटन स्थित चापाकोट बचत तथा ऋण सहकारी संस्थाको लिमिटेडको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । उक्त संस्थाले आफ्नो छैठौ वार्षिक उत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको थियो ।

पोखरा महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगतबहादुर पहारीले पहिलो रक्तदाता राजन सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

“रक्तदान जिवनदान जिवनदान महादान” नारा दिदै आयोजित उक्त कार्यक्रमको समापन शिवलाल पराजुलीको अध्यक्षतामा भएको थियो । रक्तसञ्चार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका