Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • रविन्द्र अधिकारीको सम्झनामा प्रतिष्ठानको घोषणा, सरकारले एक करोड उपलब्ध गराउने

रविन्द्र अधिकारीको सम्झनामा प्रतिष्ठानको घोषणा, सरकारले एक करोड उपलब्ध गराउने

रविन्द्र अधिकारीको सम्झनामा प्रतिष्ठानको घोषणा, सरकारले एक करोड उपलब्ध गराउने

पोखरा, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागी निस्वार्थ सेवा आवाश्यक रहेको बताउनुभएको छ । पोखरामा आयोजित रविन्द्र अधिकारी प्रतिष्ठान घोषणा कार्यक्रममा बोल्दै उहाँले स्वार्थले प्रेरित दाउपेचले विरोधी हसाँउने बाहेक कसैलाई हित र योगदान नगर्ने बताउनुभएको हो ।

निकै भावुक मुद्रामा देखिनुभएका प्रधानमन्त्री ओलीले स्वर्गीय मन्त्री अधिकारीको बहुचर्चित वाईड बडि काण्डमा कुनै प्रकारको संलग्नता नरहेको समेत स्पष्ट पार्नुभएको छ । ओलीले भन्नुभयो – “वाईड बडि काण्डमा रविन्द्र अधिकारी मन्त्री हुन भन्दा अगाडीका कुराहरुको प्रसंग ल्याएर उहाँको नाम ल्याएर बदनाम गर्ने कोशिष भो र मैले भने उहाँ निर्दोष हुनुहुन्छ ।” “केहि भुईफुट्टा संस्था र तत्वहरुले यसको गलत प्रचार गरिरहेको उनले आरोप समेत ओलीले लगाउनुभयो । एकथरी अत्यन्त छुद्र मतिका मान्छेलाई साह्रै पोलेछ”, ओलीले भन्नुभयो – “उहाँ वास्तवमा निर्दोष हुनुहुन्छ, उहाँको कुनै संलग्नता नै छैन त्यसमा ।”

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई लक्षित गरि गरि पार्टीको नीति तथा विचार र मुलुकको आवाश्यकता विपरित आफ्नो स्वार्थ, पद र प्रतिष्ठा प्रति ध्यान दिन थाले सार्थक आन्दोलन निर्माण गर्न नसकिने उल्लेख गर्नुभयो ।

प्रशिक्षणका नाममा देशभरि विभिन्न गलत क्रियाकलापहरु भैरहेको भन्दै उहाँले देश, पार्टी र जनताप्रति इमान्दार हुनुपर्ने आवश्यकता औल्याउनुभयो । इमान र निष्ठाको राजनीतिका लायक स्वर्गीय नेता रविन्द्र अधिकारीबाट मात्र जनता प्रतिको सर्मण र निस्वार्थ सेवाको भावना सिक्न सकिने उहाँले दोहोर्याउनुभयो ।

उहाँले मुलुकको विकास समृद्धिका लागी एकतामा जोड दिनुभयो । उहाँले प्रतिष्ठानमा विवादको खेति गर्ने सोच भएकाहरुलाई वहिष्कार गर्न आग्रह समेत गर्नुभयो । विवादको राजनीति कसैका लागी स्विकार्य नहुने ओलीको तर्क छ । कोठामा बसि फाल्तु गफ लेखेर विद्धवान पल्टिने प्रवृति मौलाएको बताउदै ओलीले यस्तो प्रवृतिबाट सचेत रहन आग्रह गरे । रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानका लागी उहाँले १ करोड रुपैयाँ सरकारको तर्फबाट उपलब्ध गराउने घोषणा समेत गर्नुभयो ।

नेपाल सरकारका वाहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारीको गत फाल्गुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि दुखद निधन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका