Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • लिम्बु भाषाको ’के च्याब्रुङ’ बेस्ट फिल्म

लिम्बु भाषाको ’के च्याब्रुङ’ बेस्ट फिल्म

लिम्बु भाषाको ’के च्याब्रुङ’ बेस्ट फिल्म

काठमाडौं,  २७ जेठ। नेपालआदिवासीजनजाति चलचित्र महासंघको आयोजनामा राष्ट्रिय सभागृह सम्पन्न तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ लिम्बु भाषाको फिल्म के च्याब्रुङ उत्कृष्ट फिल्म साबित भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा आज भएको समापन समारोहमा गुरुङ फिल्मम्ले क्यु का जसमाया गुरुङ यात उत्कृष्ट निर्देशक, गुरुङ फिल्म’ रिजेनासा’का बलबहादुर गुरुङ उत्कृष्ट पुरुष कलाकार र मगर भाषाको खुर्पेटोबाट बिना थापा मगर उत्कृष्ट महिला कलाकार र राई भाषाको यारी फिल्मका युवराज बीर बहादुर राईलाई उत्कृष्ट छायाकारको पुरस्कार प्रदान गरिएको हो ।

त्यसै गरी गुरुङ भाषाको रिजेनासा फिल्म दर्शकबाट पाएको ४०१ सदर मत बाट तीस हजार नगद सहित पब्लिक इस अवार्ड जित्न सफल भएको हो । महासंघका अध्यक्ष अमृत सुनुवारया सभापतित्वमा सम्पन्न आजको समारोहमा बेस्ट शर्ट फिल्म राजवंशी भाषाको पुल्टी र बेस्ट डकुमेन्ट्री सुनुवार भाषाको छेक कगु ले प्राप्त गरेको छ । महोत्सवमा पुरस्कार निर्णय गर्न आदिवासी जनजाति मातृभाषाका प्रथम सिने पत्रकार विजयरत्न असंबरे तुलाधर, नेपालको पहिलो महिला सिनेमाटोग्राफर  शबनम मुखिया र आदिवासी कलाकर्मी राजथापा रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका