Samacharpati
शनिबार, जेष्ठ २४, २०७७
  • होमपेज
  • बिजयपुरको पुल भाँच्चियो भन्ने हल्ला मात्रै

बिजयपुरको पुल भाँच्चियो भन्ने हल्ला मात्रै

बिजयपुरको पुल भाँच्चियो भन्ने हल्ला मात्रै

पोखरा, २७ जेठ । पोखराको प्रवेशद्धारका रुपमा रहेको बिजयपुर खोलाको पुल भाँचिएको समाचार केहि अनलाईन संचारमाध्यममा आयो । पोखराका विभिन्न सरोकारवालाहरु त्यस ठाउँमा पुगे तर यथार्थमा पुल भाँचिएको थिएन । यो समाचार हल्ला मात्रै भएको पुष्ठि भएको छ ।

एउटा अनलाईनले अन्य कुनै ठाउँको पुल भाँचिएको तस्बिर पोष्ट गरेर बिजयपुर खोलाको पुल भाँचिएको समाचार पोष्ट गरेको थियो । उक्त समाचार देखेपछि सरोकारवालाहरु बिजयपुर पुगेका थिए तर भ्रामक समाचारले उनिहरु दुखी र थप आक्रोशित भएका छन् ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्रीले आफु समाचार पढेर उक्त ठाउँमा गएको तर यथार्थमा पुल नभाँचिएको भन्दै पत्रकारलाई भ्रामक समाचार नलेख्न अनुरोध गरेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन् – “बिजयपुरको पुल भाच्चियो भनी अनलाईन खवरमा देखेपछि तुरुन्त त्यहाँ पुगियो । समाचार निराधार ।। यस्तो बेकुबि किन गरेको होला ।” उनले पुल नभाचिएको बताएका छन् ।

पुल कमजोर भएको भन्दै पुलबाट ठुलाभार भएका सवारी साधनलाई पुलभन्दा केहीमाथि डाइभर्सन बाट वारपार गर्ने व्यवस्था गरिएको छ । बैकल्पिक पुलका लागि बेलिब्रिज बनाउने काम सुरु भएको छ । स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको बिजयपुरको पुलको चार महिना अगाडी स्टिल नै ठाउँ ठाउँमा चर्किने र भाचिने भए पछि पुर्ननिमार्ण गरीएको थियो । पुलका बटम कड ७ ठाउँमा चर्किएको र क्रस मेम्बर १ वटा भाचिएको पुलको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेलले बताए ।

उनले ति ठाउँमा सपोट दिएर निमार्ण भई सकेको बताए । पुलबाट १० टन भन्दा बढि भार बोकेका सवारीलाई खोलाबाट पठाइएको छ । नेपालमा पछिल्लो समयमा स्टिल ब्रिज नै निमार्ण हुदै आएका छन् । २०५९ सालमा निर्माण शुरु गरेर २०६४ सालमा पुल सञ्चालनमा आएको थियो । पुलको लम्बाइ ७४ दशमलव २ मिटर रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका