Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • अधिकारीको स्मृति दिवसमा अक्षयकोष स्थापना

अधिकारीको स्मृति दिवसमा अक्षयकोष स्थापना

अधिकारीको स्मृति दिवसमा अक्षयकोष स्थापना

पोखरा,  २६  जेठ । पोखरा महानगरपालिका वडा नं. २८ सुर्केमैदानमा स्वर्गिय बलराम अधिकारीको चौधौँ स्मृति दिवस एक कार्यक्रमको आयोजना गरियो । सुर्के मैदान सिर्जनशिल क्लबको आयोजनामा स्मृति दिवस कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अवसरमा स्वर्गिय अधिकारीको परिवारको तर्फबाट ५५ हजार ५ सयको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । परिवारको समन्वयमा सुर्के मैदान सिर्जनशिल क्लबको माध्येमबाट हरेक वर्ष स्मृति दिवसको दिनमा कार्यक्रमको आयोजना गरि हरेक वर्ष एकजना सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्क्तिलाई नगद सहित सम्मान गरिने भाई नारायण अधिकारीले जनाएका छन् ।

कार्यक्रममा अग्रज तुलसी प्रसाद भण्डारी, क्लबका वरिष्ठ उपाध्यक्ष नवराज पौडेल, कार्यक्रम संयोजक एवं सल्लाहकार युवराज पौडेल, कोषाध्यक्ष दिनेश लामिछाने आदीले बोलेका थिए । सामाजिक क्षेत्रमा क्रियाशिल स्व.अधिकारीको ३० वर्षको उमेरमा २०६२ साल जेठ २४ गते निधन भएको थियो । तत्कालिन कालिका गाउँ विकास समितिमा हुने सामाजिक कार्यमा अधिकारीको ठुलो योगदान रहेको छ । युवा अव्स्थामानै उनी सामाजिक कार्यमा लगाव राख्थे । उनको जोशले सबैलाई हौस्याउदथ्यो पनि ।

उनी केहि सयम आध्यात्मिक क्षेत्रमा पनि लागे । पछि उनी विरामी भए । र ३० वर्षको अल्पआयुमानै उनको दुखद निधन भएको थियो । सुर्के मैदानमा वाचनालय सञ्चालन गर्ने उनको सपना थियो । अन्नपुर्ण वाचनालयको भवन निर्माण गर्ने क्रममा उनले अगुवाई पनि गरे । वाचनालय केहि समय सञ्चालनमा आए पनि निरन्तरता पाउन सकेन । अब वाचनालयलाई क्लबले नियमित रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको क्लबका अध्यक्ष राजाराम पौडेलले बताए । पौडेलले भने ‘उहाँको सपनाको वाचनालयलाई हामि छिट्टै सञ्चालनमा ल्याउनेछौँ, हरेक वर्ष उहाको स्मृतिमा कार्यक्रम गरी एकजनालाई सम्मान गर्नेछौँ’ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका