Samacharpati
आइतबार, चैत्र १६, २०७६
  • होमपेज
  • कास्की रेडक्रसको जिल्लास्तरीय गोष्ठी सुरु

कास्की रेडक्रसको जिल्लास्तरीय गोष्ठी सुरु

कास्की रेडक्रसको जिल्लास्तरीय गोष्ठी सुरु

लेखनाथ, २६ जेठ । पोखरा ३२ मा रहेको तल्लो गगनगौडामा रहेको गोगन मा. वि. मा शुक्रवारदेखि कास्की रेडक्रसको जिल्लास्तरीय ३७ औं जुनियर युवा तथा २६ औं शिक्षक नायक गोष्ठी सुरु भएको छ । गोष्ठीको नेपाल सरकारका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले एक समारोहका वीच उद्घाटन गर्दै रेडक्रस जस्तो मानवीय सेवामुखी संस्थामा लाग्न विद्यार्थीलाई प्रेरित गरे । उनले जुनियर तथा युवा रेडक्रस परोपकार गर्न सिकाउने संस्था भएको उल्लेख गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे ।

गोष्ठीमा शान्त मावि भकुन्डेका शिक्षक नायक सुर्यप्रसाद तिमिल्सीनालाइ यस वर्षको उत्कृष्ट शिक्षक नायकका रुपमा सम्मान गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीको आयोजना तथा युवा रेडक्रस सर्कल गोगन माविको ब्यवस्थापनमा सुरुभएको उक्त गोष्ठीमा शैक्षिक सत्र २०७५मा भएका रेडक्रस गतिबिधिका आधारमा उत्कृष्ट हुन सफल युवा रेडक्रस सर्कलहरुलाई पुरस्कृत गरिएको थियो जसमा युवा रेडक्रस सर्कल महेन्द्र मावि नयावजार प्रथम, सृजना मावि पोखरा–८ द्धितीय तथा शिवशक्ति मावि फुलवारीले तृतीय पुरस्कार प्राप्त गरेका थिए ।

त्यसैगरी युवा रेडक्रस सर्कल कालिका मावि पोखरा २४, धारापानी माबि, शिवालय माबि र माछापुचछे मावि भुर्जुङ्गखोलाले शान्त्वना पुरस्कार हासिल गरेका थिए । शुक्रवार रेडक्रसका प्रशिक्षकहरु बिष्णुप्रसाद भण्डारी, मित्रलाल सुवेदी, खेमराज सापकोटा, दिवाकर सुवेदी, राजेश कुमार घिमिरे, देवनारायण पौडेल लगायतले सहजीकरण गरेका थिए । रेडक्रसका सात सिद्धान्त वाचन गरिएको उक्त कार्यक्रममा गोगन माबिका प्रअ मोहनराज वराल स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रम संचालन शिक्षक नायक सकुन्तला सोतीले गरेकी थिइन् । कास्की जिल्लाका ८६ युवा रेडक्रस सर्कलका २५८ जना प्रतिनिधिहरुको सहभागिता रहेको उक्त गोष्ठी शनिवार सम्पन्न हुने वताइएको छ ।

युवा रेडक्रस सर्कल गोगन मा.वि.का अध्यक्ष स्मारीका ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डे, पोखरा महानगरपालिका वडा न ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्की, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, ने रे सो पोखरा ३२ उपशाखाका सभापति किसान परियार, जुनियर युवा समितिका संयोजका बिष्णुप्रसाद भण्डारी, नेपाल शैक्षिक परामर्श संघ कास्कीका अध्यक्ष भुवन क्षेत्री, शिक्षक नायकहरुको तर्फवाट युरेस शान्ति मावि का शंकर लामिछाने, बिद्यार्थीको तर्फवाट गोगनकी जेनिशा परियार लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका