Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • पोखरामा महानिरीक्षक बिनोद शर्मा घिमिरेद्धारा निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न

पोखरामा महानिरीक्षक बिनोद शर्मा घिमिरेद्धारा निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न

पोखरामा महानिरीक्षक बिनोद शर्मा घिमिरेद्धारा निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न

पोखरा, १५ असार । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक प्रहरी सेवा प्रवाहको विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ । कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एव अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त बनाउने उद्देश्यले उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

निरीक्षणका क्रममा उहाँले प्रदेश प्रहरी कार्यालयका विभिन्न शाखा, मेष, व्यारेक लगायत सवारी साधनहरुको समेत निरीक्षण गर्नुभयो । निरीक्षण पश्चात कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उहाँले प्रहरी सेवा सदैव जनलक्षीत हुने भएकाले जनताले आफू सुरक्षति भएको महसुस हुने सेवा प्रदान गर्न आवश्यक रहेको बताउदै यस प्रति सबैको ध्यानाकर्षण गर्नुभएको छ । साथै मानवअधिकारको संरक्षण समेत प्रहरीको प्रमुख दायित्व भएकाले प्रहरीबाट मानव अधिकारको हनन् कदापी हुन नहुने र समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत समाजमा यस सम्बन्धि जनचेतना फैलाउन समेत प्रहरी सक्रियता बढाउन उहाँले निर्देशन गर्नुभएको छ ।

सोही क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले समग्र प्रदेश अन्तर्गतको भौगोलिक तथा राजनैतिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि, समुदाय प्रहरी साझेदारी अन्तर्गत भएका कार्यक्रमहरु लगायतका विषयहरु समेटिएको प्रस्तुतीकरण प्रहरी नायव महानिरीक्षक समक्ष प्रस्तुत गर्नुभयो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका