Samacharpati
शनिबार, मंसिर २८, २०७६
  • होमपेज
  • गणेश इशाराले ल्याए पुर्बेली गीत ‘बाँचे खाने भातै हो’ (भिडियो सहित)

गणेश इशाराले ल्याए पुर्बेली गीत ‘बाँचे खाने भातै हो’ (भिडियो सहित)

गणेश इशाराले ल्याए पुर्बेली गीत ‘बाँचे खाने भातै हो’ (भिडियो सहित)

काठमाडौं, १५ असार । नेपाली हाँस्य ब्यङ्ग्य क्षेत्रमा नाम कमाएका कलाकार हुन् कलाकार गणेश इशारा । उनी हरेक खालका अभिनयमा दख्खल राख्छन् । हाल एक अक्षय कोषको स्थापनाका निम्ति देशब्यापी गणेश इशारा अल नेपाल एकल कमेडी शो को अभियानमा रहेका यी नै गणेश इशारा र सुरती राईको अभिनयमा एउटा गीतको भिडियो सार्वजनिक भएको छ । ‘बाँचे खाने भातै हो, मरे लाने घाटै हो बोलको पुर्बेली गीतको भिडियो सार्वजनिक भएको हो ।

पुर्बेली जुनतारा म्युजिकले अडियो भिडियो सार्वजनिक गरेको उक्त गीतमा शिखर गजरकोटेको शब्द रहेको छ भने प्रियजन राईको लयमा प्रियजन राई र ईन्द्रकला राईको स्वर रहेको छ । सन्तोष प्रगाढको संगीत संयोजनमा गोविन्द सोनीले मास्टरिङ र मिक्सिङ गरेका छन् । नरेश ऐरको छायाँकनमा प्रियजन राईले नै निर्देशन गरेको भिडियोमा ज्याक गुरुङ, पदम अधिकारी, ईन्द्र आले र सुदिप यसमालीको समेत अभिनय रहेको छ भने तुलसी बाँस्कोटाले सम्पादन गरेका छन् । बाँकी हेर्नुहोस् यो भिडियोमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका