कास्कीमा ढुङगाले हानि एक विदेशी घाईते, बागलुङमा सवारी दुर्घटना १ मृत्यु १ घाईते – Samacharpati
Home | About Us | Contact | Unicode |

कास्कीमा ढुङगाले हानि एक विदेशी घाईते, बागलुङमा सवारी दुर्घटना १ मृत्यु १ घाईते

बागलुंग, १५ असार । मिति २०७६/०३/१४ गते बरेङ गाँउपालिका-२ सुदला स्थितमा नयाँबजारबाट बागलुङ सदरमुकाम तर्फजाँदै गरेको ध १ ज ४९१ नम्बरको जिप रोकि राखेको अवस्थामा अचानक पछाडि गुड्न गईसडक देखि अन्दाजी ७ मिटर तल खस्दा जिपमा सवार चालक सहित ४ जना मध्ये बरेङ गाँउपालिका ३ नयाँबजार बस्ने वर्ष ७० की बिष्णु माँया खत्री घाईतेभई उपचारको लागि स्वास्थ्य चौकी बाटाकाचौर बागलुङ लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।बरेङ गाउँपालिका-२ सुदला बस्ने डेढ वर्षकी सुस्मा परीयार घाईते भई उपचारको लागि पाल्पा मिसन अस्पताल पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिती २०७६/०३/१४ गते पोखरा महानगरपालिका-६ लेकसाईड स्थित फ्रिडम क्याफेमा जुस खान बसेको बिदेशि जर्मनी नागरिक वर्ष २७ कि ANNA HEKEY लाई जिल्ला कास्की अन्नपुर्ण गाँउपालिका-१० घान्द्रुक बस्ने वर्ष २० को जनम परियारले मादक पदार्थ सेवन गरि ढुङगाले हान्दा घाईते भई उपचारको लागि मेट्रोसिटि अस्पताल पठाईएको थियो । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटि निजलाई पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

Tags: , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित