Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • तपाई को प्रेसर लो छ ! सेवन गर्नुस् यस्ता खाना

तपाई को प्रेसर लो छ ! सेवन गर्नुस् यस्ता खाना

तपाई को प्रेसर लो छ ! सेवन गर्नुस् यस्ता खाना

काठमाडौँ, १३ असार । रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अंगमा हानि पुर्याउन सक्छ । प्रेसर लो भएको महसुस हुनासाथ यसो गर्नुपर्छः

नुनपानी खाने
नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ ।

कफी
ब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ । यदि सधैँ प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने गर्नुपर्छ । तर, कफीसँगै केही खानेकुरा खान भुल्नु हुँदैन ।

किसमिस
प्रेसर लो भएमा किसमिस खानु पनि लाभदायक हुन्छ । प्रेसर लो भइरहन्छ भने राति केही किसमिस भिजाएर भोलिपल्ट बिहान भिजेको किसमिस र त्यसको पानी खाने गर्नुपर्छ।

तुलसी
तुलसीमा भिटामिन–सी, पोटासियम, म्याग्नेसियमजस्ता तत्व  पाइन्छन् । प्रेसर लो भएमा १०–१५ वटा तुलसीका पत्ता जुसमा हालेर त्यसमा एक चम्चा मह हाली पिउने गर्नुपर्छ।

कागती पानी
कागती पानीले उच्च र न्यून रक्तचाप दुवैमा लाभ गर्छ । प्रेसर लो भएमा कागती पानीमा अलिकति नुन र चिनी हालेर पिउनुपर्छ ।

source:swasthyakhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका