Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • एसईईमा ‘बी प्लस’ आएपछि करिश्माले भनिन्–‘म खुशी छु, अब म्यानेजमेन्ट पढ्छु’

एसईईमा ‘बी प्लस’ आएपछि करिश्माले भनिन्–‘म खुशी छु, अब म्यानेजमेन्ट पढ्छु’

एसईईमा ‘बी प्लस’ आएपछि करिश्माले भनिन्–‘म खुशी छु, अब म्यानेजमेन्ट पढ्छु’

नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् ।

उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन् ।

करिश्माले अनलाइनखबरसँग भनिन्, ‘यो रिजल्टबाट म एकदमै खुशी छु । अब व्यवस्थापन पढ्छु ।’ नायिका मानन्धरले आफूलाई सामाजिक र जनसंख्या विषयमा केही शंका लागेको समेत बताएकी छिन् ।

‘मैले ढिलो पुगेर सोसलमा २ वटा प्रश्नको उत्तर लेख्न पाएको थिइनँ’, उनले भनिन्, ‘मैले सुरुमा अप्सनल म्याथ लिएर पढेकी थिएँ । तर, पछि छाडेर पपुलेशन पढेँ ।’

करिश्माले अगाडि भनिन्, ‘मैले पपुलेशन जाँचको एकदिन अगाडि मात्र पढेको थिएँ । फेरि त्यो दिन म चाँडै नै निस्किएँ । म त्यसमा चुकेको थिएँ ।’ यदी पढ्न पाएको भए अझै राम्रो आउन सक्ने उनले बताइन् ।

तर, आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् ।

Source:- Onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका