नवलपरासीमा ६७९ थान लागूऔषध सहित ३ जना पक्राउ – Samacharpati
Home | About Us | Contact | Unicode |

नवलपरासीमा ६७९ थान लागूऔषध सहित ३ जना पक्राउ

नवलपरासी, १२ असार । मिती २०७६/०३/१२ गते मध्यबिन्दु नगरपालिका-१५ चोरमारा अरुणखोला बिचको जंगलमा पूर्व-पश्चिम राजमार्गमा खटिएको ११ जनाको RSCC चेकिङ टोलीले भैरहवा बाट काठमाडौँ तर्फ आउँदै गरेको लु १ ख ९११३ नम्बरको बसमा सवार काठमान्डौ महानगरपलिका -२ बस्ने वर्ष २५ को सन्दिप रजक लाई चेकजाँच गर्ने क्रममा निजको साथमा रहेको झोलाबाट प्रहरीले लागूऔषध नुफिन ११९ थान ,डाईजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागूऔषध साथै प्रयोग भईसकेको सिरिन्ज ३ थान समेत फेला पारी बरामद गरेको छ ।

पक्राउ परेका उनी माथी थप अनुसन्धान भईरहेको छ । साथै सोही स्थान मै चेकीङको क्रममा बझाङबाट काठमाडौँ तर्फ आउदैँ गरेको ना ६ ख १३३३ नम्बरको बसमा सवार ललितपुरको टुंगुन गाउँपालिका-१ बस्ने वर्ष २६ को बिक्रम थोकर र ललितपुर कै महालक्ष्मी नगरपालिका-३ बस्ने वर्ष ३७ को श्यामसुन्दर पौडेललाई चेकजाँच गर्ने क्रममा निजहरुको साथमा लागूऔषध नुर्फिन १०९ थान, डाईजोपाम १०९ थान र फेनरागन १०९ थान गरि जम्मा ३२७ थान लागूऔषध बरामद गरेको छ ।

पक्राउ परेका सबै जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरी नायव महानिरीक्षकद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जा निरीक्षण गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले यही असार १२ गते जिल्ला प्रहरी कार्यालय स्याङजाको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ । निरीक्षणका क्रममा स्याङजा पुग्नु भएका प्रहरी नायव महानिरीक्षक घिमिरेलाई जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक राज कुमार लम्सालले कार्यालयमा स्वागत गर्नुभयो ।

सोही क्रममा प्रहरीको टुकुडिले उहाँलाई सम्मान सलामी समेत अर्पण गरेको थियो ।निरीक्षण पश्चात प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक घिमिरेले बद्लिदो परिस्थिति अनुसार प्रत्येक प्रहरी कर्मचारीहरुले व्यवसायिकता झल्किने गरी प्रहरी सेवा प्रदान गर्नु आजको प्रमुख आवश्यकता भएको बताउँदै  समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्लामा निरन्तर जनलक्षित गतिविधिहरु गर्न निर्देशन  गर्नुभएको छ ।साथै चेम्बर अफ कमर्श स्याङजाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा समेत प्रहरी नायव महानीरीक्षक घिमिरे सहभागी हुनुभयो ।

सहभागिहरुले प्रहरी सेवा प्रवाहका विषयमा राखेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उहाँले समाजमा शान्ति सु-व्यवास्था कायम गराउन प्रहरी दृढ रहेको बताउँदै सबै सरोकारवाला निकायले प्रहरीलाई सूचना दिएर साथ दिनुपर्ने कुरा बताउँनुभयो । साथै उहाँले समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत जनतासंग साझेदारी गर्दै समाजमा व्याप्त विकृती विसंगतिहरुको निराकरणका लागि प्रहरी लागि परेको बताउँदै यसमा आम नागरिकले प्रहरीलाई  सहयोग गर्नुपर्ने बताउँनुभयो । च्याम्बर अफ कमर्श स्याङजाका अध्यक्ष नन्द कुमारी लम्सालको अध्यक्षतामा सम्पन्न उक्त स्वागत तथा भेटघाट कार्यक्रममा जिल्ला स्थित जनप्रतिनिधिहरु, व्यसायिहरु, पत्रकार लगयात अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित