Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • कास्की र नवलपरासीमा सवारी दुर्घटना ३ जान घाइते

कास्की र नवलपरासीमा सवारी दुर्घटना ३ जान घाइते

कास्की र नवलपरासीमा सवारी दुर्घटना ३ जान घाइते

पोखरा, १२ असार ।  मिति २०७६/०३/१२ गते पोखरा महानगरपलिका-२७ भित्रीडाडा डांडानाकको भित्री सडक खण्डमा शिशुवाबाट अर्चले जाँदै गरेको लु ४ प २३३८ नम्बरको मोटरसाईकलले पैदल यात्री पोखरा-२७ रिठ्ठेपानी बस्ने वर्ष ७२ की हरिमाया न्यौपानेलाई ठक्कर दिदा घाईते भई उपचारको लागि पश्‍चिम क्षेत्रीय अस्पतालमा पठाईएको छ ।  घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०३/१२ गते मध्यबिन्दु नगरपालिका-११ स्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ३४ प ७२९२ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिन जाँदा चालक चितवनको भरतपुर महानगरपालिका-४ बस्ने वर्ष २२ को सन्तोष कंडेल र पछाडि सवार सोही स्थानका वर्ष २३ को नारायण महत घाइते भई उपचारको लागि नयाँ मेडिकल कलेज चितवनमा पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका