Samacharpati
साेमबार, माघ १३, २०७६
  • होमपेज
  • प्रकाश सपुत र शम्भु राईको यसरी भयो सहमति

प्रकाश सपुत र शम्भु राईको यसरी भयो सहमति

प्रकाश सपुत र शम्भु राईको यसरी भयो सहमति

काठमाडौँ,  १२ असार । गलबन्दी’ गीतको विवाद अन्ततः ४ बुँदे सहमतिमा टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको हो ।

गीतको विवादबारे बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा राई र सपुतवीच ४ बुँदे सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमति भएको छ । यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका