बेनी बजारको अस्पताल चोक बाढीको उच्च जोखिममा – Samacharpati
Home | About Us | Contact | Unicode |

बेनी बजारको अस्पताल चोक बाढीको उच्च जोखिममा

म्याग्दी, १२ असार । जिल्ला सदरमुकाम बेनी बजारको अस्पताल चोक बाढीको उच्च जोखिममा परेको छ ।वातावरणीय असरको ख्यालै नगरी गत हिउँदमा अस्पताल चोकदेखि जामुनाखर्कसम्म खनिएको अव्यवस्थित सडकका कारण अस्पताल चोक बाढीको उच्च जोखिममा परेको हो ।

बर्खासँगै नाली नभएको सडकबाट दैनिकजसो बाढी आउन थालेको छ । बुधबार अपराह्न ४ बजे आएको बाढीले अस्पतालचोक र कालीपुलका घर तथा पसलमा क्षति पुगेको छ । कालीपुल बसपार्क क्षेत्रमा हिलो जमेर आवतजावतमा समस्या भएको छ ।

भिरालो पाखोमा खनिएको सडकमा ढलको निकास गर्ने नाली नहुँदा बाढी आएको स्थानीयवासीले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि बाढीको जोखिममा परेको छ । अस्पताल चोकमा रहेका रिहाना थकाली होटल र विजय किराना तथा फलफूल पसलभित्र रहेको तीन वटा कोठामा बाढी पसेर क्षति पुर्याएको छ ।(रासस)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित