Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • म्याग्दी मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

म्याग्दी मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

म्याग्दी मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

म्याग्दी, १२ असार । मालपोत कार्यालय म्याग्दीले मालपोतसम्बन्धी अनलाइन सेवा शुरु गरेको छ । सेवाग्राहीको फोटो, औँठाछाप र हस्ताक्षर सबै डिजिटल नै प्रयोग गर्ने गरी अनलाइन सेवा शुरु गरेको हो । अनलाइन सेवाको डाटा सिंहदरबारमा रहने भएकाले त्यसको दुरुपयोग नहुने, भरपर्दो र विश्वसनीय हुने मालपोत अधिकृत मुकुन्द पौडेलले बताउनुभयो । अनलाइन सेवा प्रवाह भएपछि अहिलेको प्रविधिअनुसार, पारदर्र्शी र सुशासन अपनाउने, तथ्याङ्क राख्ने र राजश्व सङ्कलन गर्ने लगायतका काम हुने भएको छ ।

पुर्जा बनाउने, जग्गा रोक्का, नामसारी, जग्गा दर्तालगायतका सेवाका लागि दैनिक सयौ सेवाग्राही कार्यालयमा आउने गरेका छन् । अनलाइन सेवाले कामलाई चुस्त र विश्वसनीय बनाउने अधिकृत पौडेलको भनाइ छ । अनलाइन सेवा शुरु गर्नका लागि मालपोतका कर्मचारीलाई प्राविधिक तालीमसमेत प्रदान गरिएको थियो ।

प्रविधिको प्रयोगमार्फत् भूमि अभिलेख प्रणालीलाई व्यवस्थित, कर छली रोक्न र सेवा प्रवाहलाई छिटो छरितो बनाउने उद्देश्यले अनलाइन सेवा शुरु गरेको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सेवाग्राहीलाई अनलाइन प्रणालीबाट जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएर बुधबार सेवाको शुभारम्भ गर्नुभएको थियो । पूर्वाधार र प्रविधिको थप व्यवस्थापन गरेर अनलाइन सेवालाई प्रभावकारी बनाउन पहल गर्ने अधिकृत पौडेलले बताउनुभयो । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका