Samacharpati
साेमबार, माघ ६, २०७६
  • होमपेज
  • स्मरण शक्ति तेज पार्न, सिकेको कुनै कुरा स्मरण गर्नअप्नाउनुहोस् यस्तो उपाय !

स्मरण शक्ति तेज पार्न, सिकेको कुनै कुरा स्मरण गर्नअप्नाउनुहोस् यस्तो उपाय !

स्मरण शक्ति तेज पार्न, सिकेको कुनै कुरा स्मरण गर्नअप्नाउनुहोस् यस्तो उपाय !

काठमाडौँ, १२ असार । भर्खर सिकेको कुनै कुरा स्मरण गर्नु छ भने यसो गर्नुहोस्– आफूले नयाँ कुरा सिकेको ४ घन्टापछि व्यायाम गर्नुहोस् । सन् २०१६ जुलाईमा ‘करेन्ट बायोलजी’मा प्रकाशित एउटा अध्ययनका अनुसन्धानकर्ताहरूले दिएको सुझाव हो यो । उनीहरूले अध्ययनमा स्मरण शक्ति तेज पार्न नयाँ कुरा सिकेको ४ घन्टापछि व्यायाम गर्नु उपयुक्त हुने पत्ता लगाए । तर यसरी गरिने व्यायाम निश्चित समय सीमाभित्र गरे मात्र प्रभावकारी हुन्छ।

अध्ययनमा सहभागी ७२ जनाले स्मरण शक्ति तेज बनाउन ४० मिनेटसम्म ९० वटा तस्बिरसँग जोडेर नयाँ जानकारी लिए । त्यसपछि ती सबैलाई र्यान्डमली ३ समूहमा बाँडियो । एउटा समूहलाई तत्कालै व्यायाम गराउन लगाइयो, दोस्रो समूहलाई ४ घन्टापछि र तेस्रो समूहलाई कुनै व्यायाम नै गर्न लगाइएन । ३५ मिनेटको व्यायाममा फिटनेस साइकलमा  ८० प्रतिशतसम्म मुटुको गति (धड्कन) बढ्ने गरी ‘इन्टर्भल ट्रेनिङ’ गराइएको थियो।

यसको ४८ घन्टापछि सबै सहभागीको स्मरण शक्ति परीक्षण गरिएको थियो । उनीहरूको एमआरआई गरिरहेका बेला स्मरण शक्तिको परीक्षण गरियो । परीक्षणमा अरु दुई समूहभन्दा नयाँ कुरा सिकेको ४ घन्टापछि व्यायाम गर्ने समूहका सहभागीको जानकारी राम्रो रहेको पाइयो । एमआरआईले पनि ती सहभागीले सिकेका कुरा सम्झँदा मस्तिष्कको सिक्ने र स्मरण गर्ने भाग हिप्पोकेम्पस बढी सक्रिय भएको  देखायो।

अनुसन्धानकर्ताहरूका अनुसार नयाँ जानकारी वा सिकेको कुरा दीर्घकालीन सम्झनामा राख्ने प्रक्रियामा डोपामाइन, नोराड्रेलिन र ग्रोथ फ्याक्टर बिडिएनएफ (ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टर) जस्ता केही रसायन चाहिन्छ, जुन रसायन व्यायाम गर्दा हाम्रो मस्तिष्कले उत्पादन गर्छ।

यो अध्ययनका आधारमा नै अध्ययनकर्ताहरूले स्मरण शक्ति तेज पार्न नयाँ कुरा सिकेको ४ घन्टापछि व्यायाम गर्न सुझाएका हुन् । तर यसबारे अझै धेरै अध्ययन अनुसन्धान हुन बाँकी नै छ । साथै नयाँ कुरा सिकेको ४ घन्टामा गरिने व्यायाम किन फाइदाजनक छ भन्ने पनि प्रष्ट छैन वा त्यस्तै फाइदाजनक अर्को ‘टाइम फ्रेम’ छ वा छैन पनि प्रष्ट छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका