लमजुङमा नदि तर्ने क्रममा अलपत्र परेका ३ जनाको उद्दार,करेन्ट लागेर एकजना को मृत्यु – Samacharpati
Home | About Us | Contact | Unicode |

लमजुङमा नदि तर्ने क्रममा अलपत्र परेका ३ जनाको उद्दार,करेन्ट लागेर एकजना को मृत्यु

लमजुंग, ९ असार । मिति २०७६/३/८ गते दोर्दी गाउँपालिका-२ अर्चलबोट बस्ने वर्ष १७ कि मनिका बि.क. आफ्नै घरको परालको टौवामा पराल तान्ने क्रममा पराल मुनि रहेको सरकुलर मेसिन (काठ चिर्ने मेसिन ) सर्ट भई करेन्ट लागि घाईते भई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेसिशहरमा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिई घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/३/८ गते बेसिशहर नगरपालिका-११ स्थित मर्स्याङदी नदिको बिच भागमा ढुङगा माथि भारत बेतिहा जगदिसपुर ८ झाग्र घर भई हाल सुन्दरबजार नगरपालिका-९ भोटेओडार बस्ने वर्ष ४८ को मुन्ना पट्टेल नदि तर्ने क्रममा अबिरल वर्षाको कारण अचानक मर्स्याङदी नदिको बाहव बढ्न बिच भागको ढुङगामा अलपत्र परेकोमा तत्कालै प्रहरी टोली खटिई निजलाई सकुशल उद्दार गरीएको हो ।

साथै बेसिशहर नगरपालिका-७ स्थित बाझोखेत जाने मर्स्याङदी नदिको पक्की पुल नजिक नदिको बिज भाग टापुमा बेशिसहर नगरपालिका-०७ सातबिसे बस्ने वर्ष ३१को जगत गुरुङ र निजको श्रीमती वर्ष २६ कि ओसन गुरुङ बसिरहेको अवस्थामा नदिको बाहव बढ्न गई अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई निजहरुलाई सकुशल उद्दार गरिएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित