Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

विराटनगर,  ८ असार  । अनलाइन मिडिया समुहको आयोजनामा आज विराटनगरमा ” संघिय प्रदेश र स्थानिय तहको विकाश समृद्धिमा छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रदेश नम्बर एकका समाजिक विकास मन्त्री जीवन घिमिरेले अबको पत्रकारिता क्षेत्रमा अनलाइन पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

मन्त्री घिमिरेले अनलाइन मिडियाले छिटो सुचना प्रवाह गर्ने माध्यम बनेको हुनाले यसलाई थप सुधार गर्दै लैजानु पर्ने बताउनुभयो । उहाँले अब दैनिक पत्रीकाको युग समाप्त भै पाठकहरु अनलाइनमा सक्रिय हुने समय आइसकेको भन्दै अनलाइनलाई बिस्वस्नियताका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्नु भयो । मन्त्री घिमिरेले प्रदेश सरकार बाट अरु सञ्चार माध्यम झै समानुपातिक बिज्ञापन तथा अनलाइन मिडियाकर्मीहरुलाइ थप तालिमको व्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले अब देश बिकासमा सशक्त भुमिका निर्वाह गर्न अनलाइन मिडियाको बिशेश योगदान रहने बताउनु भयो । उहाले अरु सञ्चार माध्यम भन्दा अनलाइन सञ्चार माध्यमले छिटो सुचना प्रवाह गर्ने गरेको बताउदै अनलाइन मिडियालाई अगाडि बढाउन सबै व्यापारीक प्रतिस्ठानहरु बाट सक्दो सहयोग गरिने प्रतिबद्धता जाहिर गर्नु भयो ।

सोही विषयमा बोल्दै मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले अनलाइन सञ्चार माध्यमलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने बताउनु भयो । उहाले उद्योग संगठन मोरङ संग सहकार्य गरि अनलाइन मिडिया समुहलाई अगाडि बढाउन २५ हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले प्रविधिको विकाश क्रम सगैँ भएको विकाशलाई सबैले अबलम्बन गर्दै आत्मसाथ र पेशागत मयादामा रहेर पत्रकारिता गर्नको लागी अनलाईन कर्मी पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

अनलाइन मिडिया समुहको मोरङ अध्यक्ष तेजेन्द्र बहादुर भण्डारीले फेसबुक सञ्जालले गर्दा अनलाइन पत्रकारिता बद्नाम हुदै गएको गुनासो गर्नुभयो । उहाले अनलाइन मिडियाको लागि चाहिने आवश्यक कानुनहरु पनि निर्माण हुनु पर्ने र अनलाइन मिडियाहरुलाइ नियमन गर्ने निकायको आवश्यकता रहेको बताउनु भयो ।कार्यक्रममा मोरङमा क्रियाशिल पत्रकार एवम सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका