Samacharpati
शुक्रबार, चैत्र २८, २०७६
  • होमपेज
  • गण्डकी प्रदेश प्रहरी प्रमुखको स्वागत कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश प्रहरी प्रमुखको स्वागत कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश प्रहरी प्रमुखको स्वागत कार्यक्रम सम्पन्न

पोखरा, ६ असार । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले आज एक कार्यक्रमका बिच गण्डकी प्रदेश प्रहरी प्रमुखको कार्यभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालय (मन्त्री स्तरिय) को मिति २०७६/०२/३१ गतेको निर्णयानुसार प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट सरुवा भई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा आउनु भएका प्रहरी नायव महानिरीक्षक घिमिरेलाई प्रहरी अधिकृतहरुद्धारा सफल कार्यकालको शुभकामना सहित उहाँलाई स्वागत गरिएको छ ।

पश्चीम क्षेत्रीय शसस्त्र प्रहरी गण पोखराको प्राङ्गणमा प्रहरीको एक टुकुडीले उहाँलाई सम्मान सलामी अर्पण गरेको थियो । उक्त स्वागत कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकाशजंग कार्की, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नबराज भट्ट, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्याल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका