पैयुँपाटामा देवरले हँसिया प्रहार गर्दा भाउजु घाईते – Samacharpati
Home | About Us | Contact | Unicode |

पैयुँपाटामा देवरले हँसिया प्रहार गर्दा भाउजु घाईते

बागलुङ, ६ असार । बागलुङ नगरपालिका–१३ पैयुपाटामा घरायसी विवाद हुँदा देवरले प्रहार गरेको हँसियाले लागेर भाउजु घाईते भएकी छन् ।

पैयुपाटाका ४५ वर्षिय बबि रोकाले बिहिबार विहान आफ्नै भाउजु लक्ष्मी रोकालाई हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।

घाईते लक्ष्मीको टाउकोमा गम्भिर चोट लागेको छ । उहाँको पोखरामा उपचार भैरहेको प्रहरीले बताएको छ । हसिया सहित आक्रमणमा उत्र्रिएका बबिलाई सम्हालन गएका ७४ वर्षिय बुबा सोमबहादुर रोकाको हातमा चोट लागेको छ । बविलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको डिएपी भट्टराईको भनाई छ ।

अर्जुन कार्की

Tags: , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित